बुधवार, चैत २०, २०८१
Sancharmanch

सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्तिमा विवेक वाग्ले प्यानलको चर्चा चुलिदै

सोमवार, चैत ४, २०८१
झापा / स्वतन्त्र विद्यार्थी युनियनको चैत्र ५ गते हुने निर्वाचनको मिति नजिकिदैै गर्दा सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्तिको स्ववियुमा विवेक वाग्लेको अध्यक्षतामा रहेको नेपाल बिद्यार्थी संघको प्यानल चर्चामा आएको छ । नेविसंघ नेता वाग्ले नेतृत्वको प्यानलका पक्षमा चुनावी माहोल बन्दै गएको हो । विवेक वाग्ले विद्यार्थिहरुका सुख दुःखमा साथ दिने कर्मठ विद्यार्थीका रुपमा परिचित छन् । आफुले पढ्न तयार गरेको नोट बुक सम्पूर्ण विद्यार्थि समक्ष पुग्ने गरी वितरण गर्दै सहयोग गर्ने गरेका वाग्लेले कलेजमा लोक सेवा तयारीका कक्षाहरु सञ्चालन गर्दै विद्यार्थिको सर्वपक्षीय विकासमा योगदान गरेको विद्यार्थिहरुले बताउने गरेकाछन् । सीतारमेश बहुमुखी क्याम्पसमा सेनिटरी प्याडको उपलब्धता सर्व सुलभ बनाउन पहल गरेका वाग्लेले टाढा वाट अध्ययन गर्न आउने छात्रा विद्यार्थिहरुका लागि छात्रा वास निर्माणका लागि समेत आफुले पहल गरिरहेको बताएकाछन् । वाग्ले उच्च पदस्थ कर्मचारी साथै नेतृत्व पंतीमा रहेका नेता तथा सम्सदहरुसँग निकट सम्बन्ध बनाएका बिद्यार्थी नेता भएको जानकारहरु बताउँछन् । वाग्लेले निर्वाचन जित्ने थुप्रै आधारहरु तयार गरिसकेको देखिन्छ । आफु निर्वाचित भए पश्चात सदैव बिद्यार्थीको हक हितका पक्षमा रहेर जस्तो सुकै संघर्ष गर्न पनि कुनै कसुर बाँकी नराख्ने बताउँछन् । नेविसंघ केन्द्रिय अध्यक्ष डुजाङ शेर्पा, कांग्रेस महामन्त्री गगन थापासहित नेविसंघका केन्द्रिय तथा पूर्व बिद्यार्थी नेताहरु समेत अध्यक्ष वाग्ले नेतृत्वको संयुक्त प्यानलको पक्षमा देखिएका छन् । उनीहरुले सार्वजनिक रुपमा नै वाग्ले नेतृत्वको प्यानलबाट सचिवमा डम्बर कार्की र कोषाध्यक्ष अभिषेक घतानी सहितको सदस्यहरुका उम्मेदवारहरुको तस्बिर अंकित प्रचारमुलक सामग्रीहरु शुभचिन्तक साथै अग्रज समाजिक ब्यक्तित्वहरुले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । बिद्यार्थी नेताहरु पनि वाग्लेलाई संघको तर्फबाट आधिकारिक उम्मेदवारका रुपमा प्रस्तुत गर्न तयार भएकाले पनि यो निर्वाचनमा अध्यक्षका उम्मेद्वार वाग्लेसहितको टिम बलियो भएको अनुमान गरिएको छ । नेविसंघको राजनीतिमा रहेका कतिपय बिद्यार्थीहरु नै उम्मेदवारको रुपमा आएको कारण नेविसंघको उम्मेदवारको आधिकारिकताका बिषयलाई लिएर कुनै बिवाद नरहेको सीतारमेश बहुमुखी क्याम्पसमा कुनै विबाद रहेको छैन । जसका कारण विवेक वाग्लेको नेतृत्वको प्यानलको पक्षमा चुनावी माहोल बलियो बन्दै गएको हो । को को छन् वाग्ले नेतृत्वको प्यानलका उम्मेदवार ? हेर्नुहोस अध्यक्षः विवेक वाग्ले सचिवः डम्बर कार्की कोषाध्यक्षः अभिषेक घतानी सदस्यहरूः कैलाश दाहाल सौगात थापा अनिता अर्याल सुमिता प्रधान निर्मला आचार्य समानुपातिक तर्फ : सोना आचार्य सन्दिप भट्टराई विकास तिम्सिना शम्भु गौतम साहिल खत्री ऋजु भट्टराई प्रनिता ओझा उज्वलसुनुवार मुखिया दिपेश गौतम रिसिका लावती रहेका छन् ।
सम्बन्धित खबर