बुधवार, फागुन २८, २०८१
Sancharmanch

गोपाल गौरी दिगो विकास प्रतिष्ठान केन्द्रिय कार्यालय द्वारा आफ्नै लगानीमा ५ दिवशीय उध्घोषण तालिमको आयोजना

बुधवार, फागुन २१, २०८१
झापा/ गोपाल गौरी दिगो विकास प्रतिष्ठान केन्द्रिय कार्यालयले आफ्नै लगानीमा ५ दिवशीय उध्घोषण तालिमको आयोजना गरेको छ । १ सय १५ औँ अन्तराष्ट्रिय श्रमीक महिला दिवशको अवसरमा प्रतिष्ठानका आजिवन सदस्यहरुका लागि प्रतिष्ठानको झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ मा रहेको कार्यालयको सभाहलमा तालिम आयोजना गरिएको हो । बुधवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि साथै दमक नगरपालिका उप प्रमुख रेगिना भट्टराई प्रसाईले संविधानत सम्पूर्ण क्षेत्रमा महिलाहरुको ३३ प्रतिसत सहभागिता रहने ब्यवस्था गरेको बताउँदै हाल पनि पितृ सतात्मक सोचको अन्त्य नभइसकेको हुँदा आ आफ्नो क्षेत्र वाट अवसरको खोजीमा महिलाहरु आफैँ लाग्नु पर्ने बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले आयोजना गरेको उध्घोषण तालिमले क्षमता विकासको पक्षमा रहेर परिणाम दिने बताउँदै शिवसताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीले गोपाल गौरी दिगो विकास प्रतिष्ठान समाज सुधारका हरेक क्षेत्रमा कृयाशील रहेको बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले नौमती बाजा बजाउने महिलाहरुको टिम समेत स्थापना गरेको छ । जस्ले प्रतिष्ठानको संस्कृति संरक्षणका क्षेत्रमा समेत आफुलाई सहभागिता गराउदै समुन्नत समाज निर्माणमा योगदान गरिरहेको छ । महिलाहरुले आफु बाटै परिवर्तन गर्न जरुरी रहेको बताउँदै गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले नाराले मात्र परिवर्तन नहुने बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले शिवसताक्षी नगरपालिका भित्र प्रशंसनिय कार्य गरेको बताउँदै नेपाल रेडक्रस सोसाइटी उप शाखा शिवसताक्षीका सभापती गोविन्द काफ्लेले राज्यले प्रतिष्ठानलाई सम्मान गर्न सुहाउनेगरी काम गरेको बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले गरेको योगदान अतुलनिय रहेको बताउँदै सतासि महिला मौरी पालन सहकारीकी ब्यवस्थापक देवी दाहालले शर्माकै पहलमा उध्घोषण तालिम आयोजना भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले ५ दिन सम्म सञ्चालन गर्ने तालिम बाट महिलाहरुलाई सबल र सक्षम महिला उत्पादन गर्दै आत्म विश्वासी बनाउन प्रेरीत गर्ने प्रतिष्ठानकी आजिवन सदस्य रोहिता मिश्रले बताउनुभयो । ५ दिन सम्म सञ्चालन हुने तालिम सञ्चारकर्मी लिला अनमोलले प्रशिक्षण गर्नुहुने बताइएको छ । कार्यक्रममा शिवसताक्षी नगरपालिका कार्यपालिका सदस्य गोमा रिजाल, गोपाल गौरी नौमती बाजा समूहकी अध्यक्ष माया देवी सिटौला लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय सदस्य खनिमायाँ श्रेष्ठ लगायत आजिवन सदस्यहरुको उपस्थििति रहेको थियो । गोपाल गौरी दिगो विकास प्रतिष्ठान झापा शाखाका अध्यक्ष भद्र कुमार दुमीको अध्यक्षता रहेको कार्यक्रममा दमक नगरपालिका उप प्रमुख रेगिना भट्टराई (प्रसाई) को प्रमुख आतिथ्यता रहेको थियो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी आजिवन सदस्य रोहिता मिश्रले स्वागत गर्नु भएको कार्यक्रम प्रतिष्ठानकी झापा शाखा सचिव चन्द्रकला सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर