झापा/ झापा गोल्डकप र झापा एफसीबिच फुटबल खेलको छेत्रमा सहकार्य गर्ने गरि सम्झौता भएको छ ।

नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारी गरेको झापा एफसी र झापा गोल्डकपबीच (मंगलबार एक कार्यक्रमको आयोजना गरेर सम्झौता भएको छ । झापा एफसीका अध्यक्ष अर्पण खड्काले गोल्डकपसँग झापा एफसीले सहकार्य गरेर एउटा अभिभावक प्राप्त गरेको बताउनुभयो ।

झापा गोल्डकप झापाका लागि अभिभावकत्व ग्रहण गर्न सक्ने ऐतिहाँसिक महत्व बोकेको आयोजना भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि साथै झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रसान्तले झापा गोल्ड कप र झापा एफसी विच सम्झौता भएको दिन ऐतिहाँसिक दिन भएको बताउनुभयो ।

सम्झौतामा फुटबल खेलको विकासका लागि दुवै पक्षको सक्रिय सहभागिता रहने, पूर्वाधार विकासमा सहकार्य रहने, ग्रास रुट, उमेर समुह, महिला फुटबल बिकासमा सहकार्य, प्राविधिक र प्रशासनिक कार्यमा आपसी सहयोग रहने, संस्थागत सहयोग तथा ब्राण्डिङमा सहकार्य र प्रायोजक पहिचान तथा लगायतका क्षेत्रमा सहकार्य गर्ने भनी दुवै तर्फ बाट सम्झौता पत्रमा अध्यक्ष द्वयले हस्ताक्षर गर्नु भएको छ ।

झापा गोल्डकप र झापा एफसी बिचको सम्झौताले पूवी नेपालको खेलकुद क्षेत्रमा नयाँ आयाम दिने झापा गोल्ड कपका अध्यक्ष केदार गिरीले बताउनुभयो ।

सम्झौता पत्रमा झापा गोल्डकपका अध्यक्ष केदार गिरी र झापा एफसीका अध्यक्ष अर्पण खड्काले हस्ताक्षर गर्नु भएको छ । झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेतले झापा एफसिसँग सहकार्य गर्नु जरुरी रहेको बताउनुभयो ।

बिर्तामोडमा गोल्डकप आयोजना गर्दै आएको झापा गोल्डकप समिति र नेपालकै पहिलो निजी कम्पनी झापा एफसीसँग सम्झौता भएसँगै झापा गोल्डकप एक ससक्त खेल संस्थाको रुपमा विकास हुने भएको छ ।

झपा गोल्डकपमा नव निर्वाचित अध्यक्ष केदार गिरीको पहल कदमीमा सहकार्यका लागि सम्झौता भएको छ । जस्ले गर्दा गिरीको कार्यकालमा केहि फरक र नयापनको सुरुआत भएको देखिन्छ । हस्ताक्षर समारोह कार्यक्रम सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गर्नुभएको थियो ।