बुधवार, फागुन २८, २०८१
Sancharmanch

बिक्रीका लागि ल्याईएको २ क्विन्टल ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि नष्ट

शुक्रवार, फागुन १६, २०८१
बिर्तामोड, १६ फागुन : बिर्तामोड स्थित कृषिथोक बजारमा बिक्रीका लागि ल्याईएको २ क्विन्टल ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि नष्ट गरिएको छ । विषादी प्रयोगशालाको आज (शुक्रबार)को रिपोर्ट अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित मियावाडीमा भारतिय नागरिक पंकजकुमार रायले उत्पादन गरेको ब्रोकाउली र काउलीमा अत्याधिक विषादी भेटिएको हो । रिपोर्ट अनुसार ब्रोकाउलीमा ९५.१४ प्रतिशत र काउलीमा ९६.५२ प्रतिशत विषादी फेला परेको हो । काउली र ब्रोकाउलीमा विषादीको मात्रा उच्च फेलापरेपछि बिर्तामोड नगरपालिकाको कृषिशाखा प्रमुख राजेन्द्र कडरिया, वडा नम्बर ३का वडासदस्य हरि बाँस्कोटा, कृषि प्राविधिक, नगर प्रहरीसहितको टोलीले तरकारी बारीको अनुगमन गरेको छ । अनुगमनकाक्रममा कृषिशाखा प्रमुख कडरियाले अब अर्को पटक चेक जाँच नगरेसम्म ब्रोकाउली, काउली टिपेर बिक्री बितरण नगर्न निर्देशन दिनुभएको छ । उहाँले दोश्रो पटकको चेकजाँचमा पनि विषादी देखिए बारीमै नष्ट गर्ने जानकारी दिनु भएको छ । तरकारीमा ३५ प्रतिशत भन्दा बढि बिषादी भेटिए खान अयोग्य मानिन्छ ।
सम्बन्धित खबर