झापा/ पाँचथर सुभाङ्ग झापा एकता समाजले पुनर्मिलन कार्यक्रमको आय ब्यय सार्वजनीक गरेको छ । पुनर्मिलन कार्यक्रम आयोजनाका लागि सुभाङ्ग बाट झापा झरेका वा अन्य स्थानमा रहेका साविक सुभाङ्ग बासिहरुले सहयोग गरेको रकम बाट संकलित बचत साथै खर्च सार्वजनिक गरेको हो । सहयोगि दाता बाट सुभाङ्ग बाट बसाई आएकाहरुले मात्र सहयोग गरेको बताउँदै समाजका कोषाध्यक्ष टिकाराम खनालले १ लाख ३५ हजार ६५० खर्च गरेर ६८ हजार ४०५ रुपैयाँ बचत भएको बताउनुभयो ।

साविक सुभाङ्ग गा.वि.स. बाट झापा बसाई सरेर रहनुभएका नागरिकहरुसँग पुनर्मिलन गराउँदै पाँचथर सुभाङ्ग झापा एकता समाजले एक अर्कामा सहयोगको भावना जागृत गराएको छ । सुभाङ्गका नागरिकहरुको तथ्याङ्क संकलन गरेर बिवरण अध्यावधिक गर्दै सबैलाई एकत्रित गरि एक समुन्नत समाज निर्माणमा समाजले भुमिका खेल्ने पाँचथर सुभाङ्ग झापा एकता समाजका अध्यक्ष ओमभक्त सेडाईले बताउनुभयो ।

पाँचथर सुभाङ्ग झापा एकता समाज समाजिक संस्था निर्माणका लागि आफुले केहि वर्ष अघि देखि प्रयास गरेको बताउँदै समाजका उपाध्यक्ष भद्रकुमार लामिछानेले केहि समय लागे पनि आफ्नो प्रयास सफल भएको बताउनुभयो ।

पाँचथर सुभाङ्ग झापा एकता समाजले सुभाङ्गमा जन्मेर अथवा कर्मथलो बनाएर अझझ भनौँ सुभाङ्गसँग सम्बन्ध बनाएका सम्मलाई समाजको एक अंग बनाउने उध्येश्य अनुसार कार्यक्रमको आयोजना गरिएको समाजका सचिव हरि सुवेदीले बताउनुभयो ।

पाँचथर सुभाङ्ग झापा एकता समाजले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर पुर्मिलन कार्यक्रमको आयोजना गरेको थियो । लगभग ५ सय बढि साविक सुभाङ्गसँग सम्बन्ध जोडिएका नागरिकहरुको जमघट गराउँदै भब्य कार्यक्रमको आयोजना गरेर एक अर्कामा पुराना यादहरुको नविकरण गराएको थियो । सुभाङ्गसँग सम्बन्ध जोडिएका नागरिकहरुसँग गराइएको जमघट कार्यक्रमले लामो समयसम्म भेट नभएका लगभग चिनजानको अवस्था हराउने अवस्थाको समेत सुधार गरेको देखिन्छ । सुभाङ्गका हरेक समुदायसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै दुःख खुखमा साथ सहयोग बाट समुन्नत सुभाङ्ग निर्माणका लागि आम नागरिकहरुले एकैसाथ गरेका योगदान गर्दा विताएका पुराना यादहरु फेरी पुनरताजगी भएकाछन् । पाँचथर सुभाङ्ग झापा एकता समाजले हरेक वर्ष फागुन ७ गते पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने समाजले कार्यतालिका बनाएको छ ।