आइतवार, चैत ३, २०८१
Sancharmanch

पाँचथर सुभाङ्ग झापा एकता समाज द्वारा बृहत पुनरर्मिलन कार्यक्रमको आयोजना

बिहिवार, फागुन ८, २०८१
झापा/ पाँचथर सुभाङ्ग झापा एकता समाजले बृहत पुनर्मिलन कार्यक्रमको आयोजना गरेको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ मा पर्ने शुखानी सहिद स्मृति पार्कमा बुधबार कार्यक्रमको आयोजना गरिएको थियो । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. ५ र ७ को एकचेपा क्षेत्र साविक सुभाङ्ग गाउँविकास समिति भित्रका नागरिक साथै सुभाङ्गसँग सम्बन्ध जोडिएका झापा बसोवास गर्ने नागरिकहरुको भेला गराउँदै एक भब्य कार्यक्रम सम्पन्न भएको हो । एकता समाजको कार्यक्रमलाई सम्बोधन गर्दै साविक सुभाङ्ग ५ माझगाउँमा जन्मनु भएका हाल काठमाण्डौ निवासी नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सारेज सिटौलाले पुनरर्मिलन कार्यक्रमले सुभाङ्गले जन्माएका देशका विभिन्न क्षेत्रमा रहेका साथिभाईसग भेटघाट भएको बताउनुभयो । कार्यक्रममा सुभाङ्गले जन्माएका श्रष्टाहरुको कला नौमती बाजा, गायन लगायतका प्रस्तुतीहरु राखीको थियो । पाँचथर सुभाङ्ग झापा एकता समाजले सुभाङ्गका नागरिकहरुलाई सारो गाह्रो परेको खण्डमा एक अर्कालाई सहयोग गर्ने एकता समाजका अध्यक्ष ओमभक्त सेयडाईले बताउनुभयो । पुनर्मिलन कार्यक्रममा संसिगनि नाच प्रस्तुत गरिएको थियो भने बाल प्रतिभाहरुको प्रस्तुतिलाई समेत स्थान दिएको थियो । सुभाङ्गको नाम रहनुभो कारण बताउँदै विभिन्न समयमा भएका परिवर्तनसँगै नाम परिवर्तन हुँदै आए पनि सुभाङ्ग शब्द जिवन्त राख्नका लागि संस्था स्थापना भएको पाँचथर सुभाङ्ग झापा एकता समाजका सचिव शिक्षा प्रेमी तथा समाजसेवी हरि सुवेदीले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै पाँचथरको सुभाङ्गलाई सु सभ्य एबम शैक्षिक विकासको हब बनाउन समुदाय स्तर बाट योगदान गर्नु हुने त्यसै गरी समाज रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु हुने शिक्षा प्रेमी तथा समाज सेवी दिलिप संग्रौलाले सुभाङ्ग नाम रहनुको इतिहाँस बताउँदै विभिन्न जात जातीका नागरिकहरुको बसोवास रहेको भए पनि सबैसँग राम्रो मेलमिलाप रहेको बताउनुभयो । पाँचथर सुभाङ्ग झापा एकता समाजले आयोजना गरेको पुनर्मिलन कार्यक्रम मार्फत सुभाङ्गमा जन्मेर विभिन्न क्षेत्रमा योगदान गर्दै आफ्नो छवी उच्च बनाउनु भएका दुई जना युवाहरुलाई सम्मान समेत गरिएको थियो । जसमा यातायात क्षेत्रमा रहेर हाल काठमाण्डौ निवासी नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सारेज सिटौला र निर्माण ब्यवसायी संघ इलामका अध्यक्ष खनाल कन्ट्रक्सल प्रा लि का निर्देशक डिल्लिराम खनाल रहनु भएको थियो । सुभाङ्गमा जन्मेर बसाई सराईको क्रममा झापा झरेर बसोवास गर्ने सम्पूर्ण नागरिकहरुका लागि कार्यक्रमले पुनर्मिलन गराएको बताउँदै पाँचथर सुभाङ्गकी चेलिसँग बैवाहिक सम्बन्धमा जोडिनु भएका राजेन्द्र पन्दाकले पुरानो यादलाई कार्यक्रमले नविकरण गरेको बताउनुभयो । पाँचथर सुभाङ्ग झापा एकता समाजको पुनरर्मिलन कार्यक्रममा सुभाङ्गले जन्माएका नागरिकहरुको नातासँग जोडिएका साना बालबालिका देखी १ सय २ वर्षका ज्येष्ठ नागरिक पूर्ण बहादुर श्रेष्ठको समेत उपस्थिति रहेको थियो । लाग्थ्यो सुभाङ्गमै रहेर एक बृहत कार्यक्रममा सहभागि भएका छौँ । त्यो पहाडि ग्रामीण क्षेत्रको इतिहाँस झल्कीरहेको छ अनि गाउँ घर छर छिमेकी जमघट सँगै कसैको शुभ कार्य वा उत्सव मनाईदै गरेको झल्को मेटाउने गरि आयोजना भएको कार्यक्रममा करिव ५ सय सुभाङ्गेहरुको जमघट भएको कार्यक्रम पाँचथर सुभाङ्ग झापा एकता समाजका अध्यक्ष ओमभक्त सेडाईको अध्यक्षता रहेको थियो भने सुभाङ्गकै ज्येष्ठ नागरिक पूर्ण बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । एकता समाजको कार्यसमिति सदस्य पुष्प खनालले स्वागत गर्नु भएको कार्यक्रम समाजका सचिव हरि सुवेदीले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर