झापा/ विर्तामोड नगरपालिका झापाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रमको आयोजना भएको छ ।

वि एण्ड सि मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालको सम्युक्त आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।

बुधवार विर्तामोड नगरपालिका वडा नं. ५ लाई केन्द्रित गर्दै सञ्चालन भएको शिविरमा सेवा लिएका नागरिक हरुलाई एक महिना भित्र हस्पिटल जानु पर्ने भए डक्टर फि नलाग्ने बताईको छ । हाम्रो विर्तामोड स्वस्थ विर्तामोड भन्ने मुल नारासहित शिविर आयोजना भएको कार्यक्रमका प्रमुख अतिथि साथै विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईले बताउनुभयो ।

विर्तामोड नगरपालिका वडा नं. १ देखी १० वटै वडामा कार्यक्रम सञ्चालन गरने बताइएको छ । ट्रेनिङ एण्ड डेभलभमेन्ट अफिसर प्रतिमा कार्कीले उपस्थित सहभागिहरुलाई ओभरल क्यान्सर रोग साथै स्त्रीहरुमा देखिने समस्याका बारेमा जानकारी गराउनु भएको थियो । बि एण्ड सि टिचिङ हस्पिटल तथा पुर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. अञ्जली कार्की प्रसाईले सबैलाई स्वस्थ बनाउने उध्येश्य अनुसार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा उपस्थित सहभागिहरुलाई स्वास्थ्यकर्मीहरु द्वारा स्वास्थ्य सचेतना सम्बन्धिका सचेतनामूलक प्रशिक्षणहरु समेत दिइएको थियो ।

कार्यक्रम विर्तामोड नगरपालिका भित्रका १० वटै वडामा पुर्याइने बि एण्ड सि टिचिङ हस्पिटल तथा पुर्वाञ्चल क्यान्सर अस्पतालका जन सम्पर्क प्रमुख प्रोमिस गिरिले बताउनुभयो ।

शिविर कार्यक्रममा स्वास्थ्यकर्मीको निशुल्क सेवा बाट सहभागि १ सय ४३ जना नागरिकहरु लाभान्वित हुनु भएको थियो । जस मध्ये ५३ जनाको पाठेघरको मुखको क्यान्सर भि आइ ए परिक्षण गरिएको थियो । बि एण्ड सि टिचिङ अस्पताल तथा पुर्वाञ्चल क्यान्सर अस्पतालका ग्रुप आफ सिइयो इश्वर पाठकले नसर्ने रोगहरु वाट कसरि बच्ने भन्ने विषयमा अस्पताल केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

बि एण्ड सि टिचिङ हस्पिटल तथा पुर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा अञ्जली कार्की प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । बि एण्ड सि टिचिङ हस्पिटल तथा पुर्वाञ्चल क्यान्सर अस्पतालका जन सम्पर्क प्रमुख प्रोमिस गिरिले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत गर्नु भएको कार्यक्रम बि एण्ड सि टिचिङ हस्पिटल तथा पुर्वाञ्चल क्यान्सर अस्पतालका बिजनेस डेभलपमेन्ट अफिसर सञ्जय थापाले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रमको सम्पूर्ण ब्यवस्थापन बि एण्ड सि टिचिङ अस्पताल तथा पुर्वाञ्चल क्यान्सर अस्पतालका प्रोग्राम कोअर्डिनेटर गोविन्द खनालले गर्नु भएको थियो ।