झापा/ कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०८१–०८२ मा चैते धान खेतीका लागि जिल्लाका विभिन्न पालिकामा प्रविधि प्रदर्शन गर्ने भएको छ ।

कृषकहरुलाई आवश्यक तालिमको ब्यवस्थापन गर्दै ज्ञान केन्द्रले चैते धान खेति तर्फ प्रविधि प्रदर्शनका लागि तिब्र रुपमा तयारी थालेको हो ।

कृषि यन्त्रहरुको प्रयोग र प्रदर्शनकालागि कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रकृया अगाडि वढाइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ठले जानकारी दिनुभयो ।

प्रविधि प्रदर्शनका लागि अझ्झ भनौँ मेसिनले धान रोप्ने कार्यक्रमका लागि ट्रेमा विउ राख्नका लागि यसको प्रविधि सम्बन्धि शीप हस्तान्तरणका लागि कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख, कृषि प्रसार शाखा प्रमुख यतिवेला कृषकका बारिमै पुगिरहनु भएको छ ।

प्रविधि प्रदर्शन र कृषि यन्त्र प्रयोग प्रदर्शन कार्यक्रमहरु सञ्चालनका लागि जिल्लाका केहि स्थानिय पालिकाहरु पाइलट कार्यक्रमका लागि छनौट गरेर कार्यक्रम अगाडि वढाएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार शाखा प्रमुख चेतराज भण्डारीले बताउनुभयो ।

समूह भित्र २५ परिवार सहभागि भएको बताउँदै समूहका सदस्यहरुकै सकृयतामा कार्य विभिाजन गरेर कार्यक्रम सञ्चालनको तयारी रहेको झापाको बुद्धशान्ति ३ चर्चावारीका कृषक दिपक सापकोटाले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र झापाले कृषकहरुलाई प्रविधि र यन्त्र उपकरणको उपयोगिताका बारेमा सहजिकरण गर्दै कृषि यान्त्रिकिकरणका लागि सहयोग गरिरहेको छ ।

कृषकको खेतमै पुगेर प्रविधि सम्बन्धि शीप हस्तान्तरणका लागि कृषि ज्ञान केन्द्र झापाले महत्वपूर्ण साथै प्रभावकारी कार्यक्रम सञ्चालन गरेको छ ।