बुधवार, फागुन २८, २०८१
Sancharmanch

उर्जाशील रामधुनी आमा समूहको अध्यक्षमा पुनः गंगा सिवकोटी(ढकाल) निर्विरोध

शनिवार, फागुन ३, २०८१
झापा/ झापाको विर्तामोड नगरपालिकामा रहेर सामाजिक विकासको क्षेत्रमा कृयाशील उर्जाशील रामधुनी आमा समूहको अध्यक्षमा पुन गंगा सिवाकोटी ढकाल  निर्विरोध चयन हुनु भएको छ । संस्थाको शनिवार आयोजना गरिएकोे दोश्रो अधिवेसन वाट सिवाकोटी पुन अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्ष सिवाकोटीसहित १३ जनाको कार्यसमितिनै सर्वसहमत रुपमा चयन भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य सुधिर कुमार सिवाकोटीले संस्थाले समाज रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । संस्था दर्ताका बखत देखीनै आफुले सहयोग गरेको  र संस्थाले छोटो समयमा राम्रो उचाई प्राप्त गरेको बताउँदै समाजसेवी राम पौडेलले अन्य संस्थाहरु केवल नामा मात्र सिमित रहेको सन्दर्भमा उर्जाशील रामधुनी आमा समूहले भने महत्वपूर्ण कामहरु गरिरहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउन के गर्न सकिन्छ त्यस क्षेत्रमा संस्थाले भुमिका खेल्नु पर्ने बताउँदै आफ्नो क्षेत्र बाट पनि सकेको सहयोग गर्ने संस्थाकी आजिवन सदस्य तथा समाजसेवी मिरा गौतम पोख्रेलले बताउनुभयो । उर्जाशील रामधुनी आमा समूहले सामाजिक बिकासको क्षेत्रमा धेरै उपलब्धि हाँसिल गरेको बताउँदै विराट भरत विश्रान्तिका उपाध्यक्ष कुल प्रसाद संग्रौलाले पैसा भन्दा पनि मन ठुलो रहेको उदाहरण यस संस्था बाट लिन सकिने बताउनुभयो । उर्जाशील रामधुनी आमा समूहले समाजले आवश्यकता महसुस गरेको क्षेत्रमा योगदान गरेको भन्दै नेपाल अलैँची ब्यवसायी संघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले उर्जाशील रामधुनी आमा समूह ग्रामिण क्षेत्रमा पुगेर योगदान गरेको सराहनिय कदम रहेको बताउँदै समाजमा भएका घटनालाई उजागर गर्ने क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । उर्जाशील रामधुनी आमा समूहले अन्य सामाजिक संस्थाहरुको तुलनामा धेरै महत्वपूर्ण योगदान गरिरहेको बताउँदै झापाका शिक्षा प्रेमी तथा समाजेवी खगेन्द्र मैनालीले संस्थाको प्रगतिमा अध्यक्ष गंगा सिवाकोटी ढकालले संस्थाका हरेक क्षेत्रलाई सन्तुलन गर्न सकेको भन्दै खुसी ब्यक्त गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै विर्तामोड नगरपालिका वडा नं. ४ कि वडा सदस्य तथा कार्यपालिका सदस्य निर्मला गजमेरले संस्थाले समाज परिवर्तनका क्षेत्रमा महत्वपूर्ण भुमिका खेलिरहेको बताउँदै राज्य पुग्न नसकेको क्षेत्रमा पुगेर काम गरेको बताउनुभयो । विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै विपन्न नागरिकहरुको साहारा बनेको संस्थाले हाल सम्म १५ लाख रकम पिडित उद्धारको क्षेत्रमा खर्च गरिसकेको बताईको छ । जस्मा ८ दाख भन्दा बढि रकम संस्थाका सदस्यहरु वाट संकलन भएको कार्यक्रममा जानकारी गराइएको थियो । दोश्रो अधिवेसन वाट अध्यक्षमा गंगा सिवाकोटी ढकाल, उपाध्यक्ष विमला न्यौपाने, सचिव मिरा कट्टेल, कोषाध्यक्ष इश्वरी वुढाथोकी, सहसचिवमा चन्द्रा चुडाल र सदस्यहरुमा प्रमिला पौडेल, गंगा लुइटेल, मनिता खुलाल, समृद्धी थापा, विना गुरुङ, रिता सिवाकोटी, जोस्ना प्रसाई, सरिता थपलिया रहनु भएको छ । त्यसै गरी अधिवेसन बाटै सल्लाहकार समितिको समेत चयन गरिएको छ । जस अन्तर्गत सल्लाहकार सम्योजकमा टिका प्रसाई मैनाली, सह संयोजकमा सिता बुढाथोकी, सदस्यमा विना घिमिरे, रमा विमली, कला बस्नेत, नैना चौधरी र मञ्जु ओली रहनु भएको छ । नव निर्वाचित कार्यसमिति र सल्लाहकार समितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका सम्योजक राम पौडेल द्वारा शपथ ग्रहण समेत गराईको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष गंगा सिवकोटी ढकालको अध्यक्षता रहेको कार्यक्रममा संविधान सभा सदस्य सुधिर कुमार सिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी सदस्य तथा नव निर्वाचित कोषाध्यक्ष इश्वरी बुढाथोकीले स्वागत गर्नु भएको कार्यक्रम संस्थाकी सचिव तथा नव निर्वाचित सल्लाहकार समिति सम्योजक टिका प्रसाई मैनालीले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर