बुधवार, फागुन २८, २०८१
Sancharmanch

वडाको सहयोगमा बारिष्टा तालिम सञ्चालन गर्दै फायर उड वेकर्स

सोमवार, माघ २८, २०८१
झापा/ झापाको शिवसताक्षी नगरपालिका वडा नंं ७ को आर्थिक सहयोगमा फायरहुड वेकर्सले १५ दिने बारिष्टा तालिम सञ्चालन गरिरहेको छ । वडाको एक लाख पचास हजार आर्थिक सहयोगमा १६ जना युवाहरुलाई तालिम सञ्चालन भएको हो । बिगत ५ पर्षयता झापाको विर्तामोडमा रहेर बेकरी र कफि ब्यवसायलाई सँगसँगै अगाडि वढेको वेकर्सले बेकरी आइटम र कफि मेकिङका क्षेत्रमा शीपयुक्त जनशक्ति उत्पादनमा अहोरात्र योगदान गरिरहेको छ । जस्ले गर्दा युवा पुस्तालाई नेपाल र नेपाल बाहिर पुगेर पनि जिविको पार्जनमा सहजता थपेको छ । फायरहुड वेकर्सकी सञ्चालक एलिना रिजालले प्रशिक्षण दिने तालिम बाट प्रशिक्षार्थीहरुले शीप सिकेर ब्यवसाय सञ्चालन गर्ने यात रोजगारीका लागि सहयोग पुग्ने उध्येश्य अनुसार तालिमको आयोजना गरिएको वडा अध्यक्ष भवानी विक्रम चेम्जोङले बताउनुभयो । बारिष्टा तालिम बाट एउटा विषयको रोजगारीका लागि ढोका खुलेको छ । वडा कार्यालय बाट युवाहरुलाई शीपपुक्त बनाउन आयोजना गरिएको तालिम बाट बेरोजगारी समस्या समाधानका लागि सहयोग पुग्ने वडा सदस्य पुजा नेपालीले बताउनुभयो । पछिल्लो समय युवाहरु विदेश पलायनका श्रृङ्खला बढिरहेको सन्दर्भमा वडा वाट बजेट ब्यवस्थापन गरे रञ्चालन हुने तालिमले स्यानिय सरकारले पनि युवाहरुका लागि प्रभावकारी कार्यक्रम मार्फत सम्वोधन गर्नु पर्ने शन्देस दिएको छ ।
सम्बन्धित खबर