झपा/ झपाको अर्जुनधारा नगरपालिका वडा नं. ९ र १० को संगम स्थलसुखानी सहिद स्मृति पार्कमा पाँचथर सुभाङ्गेलीको बृहत भेला हुने भएको छ ।

पाँचथर सुभाङ झापा एकता समाजले आगामी फाल्गुन ७ गते बनभोज तथा पुनरर्मिलन कार्यक्रमको आयोजना गर्दै बृहत भेलाको आयोजना गरेको हो ।

सुभाङ्ग बाट झापामा रहनु भएका नागरिकहरु समाज रुपान्तरणको क्षेत्रमा योगदान गर्नका लागि एकता समाजको निर्माण गरिएको बताइएको छ ।

पाँचथर,सुभाङ्ग झापा एकता समाजका अध्यक्ष साविक सुभाङ्ग गाउँ विकास समितीका पुर्व अध्यक्ष ओमभक्त सेडाईले साविक सुभाङ्ग गा.वि.स. को वडा नं. १ देखी ९ सम्मका छोरी चेली साथै सुभाङ्गसँग सम्बन्ध जोडिएका नागरिकहरुको आत्मियता कायम राख्ने उध्येश्य अनुसार समाजको स्थापना भएको बताउनुभयो ।

पाँचथर सुभाङ झापा एकता समाज एउटा विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गरेर लगिने बताईको छ । विभिन्न राजनितिक दलमा आस्था राख्ने नागरिकहरुको सहभागिता रहे पनि पवित्र अनि स्वतन्त्र संस्थाको रुपमा विकास गर्दै लगिने समेत बताइएको छ ।

सुभाङ्गका नागरिकहरुको एकता अफ्ठेरोमा परेको समयमा समाजको सहयोग समेत रहने साविक सुभाङ्ग गा.वि.स. का उपाध्यक्ष प्रेम बहादुर सुहाङले बताउनुभयो ।

सुभाङ्गमा जन्मेर, हुर्केर विभिन्न कारणले झापा बसाई सरेकाहरुको जमघटले एउटा उर्जा थपेको बताउँदै साविक सुभाङ्ग गा.वि.स. वडा नं. ४ कि भिम कुमारी खरेलले यसले झापामा रहेका सम्पूर्ण सुभाङ्गेलीमा खुसी छाएको बताउनुभयो ।

एकता, सद्रभाव कायम गर्दै पाँचथर सुभाङ झापा एकता समाजले झापा जिल्लामै एउटा नमुना शन्देस दिने बताउँदै साविक सुभाङ्ग गा.वि.स. वडा नं. ३ की चन्द्रा सुवेदी सेडाईले संस्था कृयाशील ढंगले नमुना कार्य सम्पादन गर्दै अगाडि बढ्ने बताउनुभयो ।

पाँचथरको साविस सुभाङ्ग गा.वि.स.बाट झापा बसाई सरेर आएका नागरिकहरुको एकता र सद्भावसँगै सञ्चालन हुने सामाजिक गतिविधीले समुन्नत समाज निर्माण गर्नमा राज्यलाई सहयोग गर्ने देखिन्छ । झापामा धेरै तिर छरिएर रहेका सुभाङ्गका नागरिकहरुका लागि बनभोज तथा पुनरर्मिलनको कार्यक्रम आयोजना गरिएको साविक सुभाङ्ग २ का कासिनाथ तिम्सिनाले बताउनुभयो ।

सुभाङ्ग बासि नागरिकहरु बसाई सराईको क्रममा झापा झरेर विभिन्न पालिकामा बसोबास गरिरहेको सन्दर्भमा पुरानो मित्रता कायम गर्दै सद्भावपूर्ण संस्थाको रुपमा अगाडि बढाउने बताईको छ । जस्ले पाँचथर सुभाङ्गमा थाकथलो मानेर झापा झरेका सुभाङ्गेलीहरुलाई फेरी त्यो ग्रामिण क्षेत्र सुभाङ्गको झझल्को मात्र मेटाएको छैन, सुखामा अनि दुःखमा एकजुट हुन समेत प्रेरित गरेको देखिन्छ ।