बुधवार, माघ २३, २०८१
Sancharmanch

अर्जुनधारा ९ द्वरा भ्रमणका लागि विनियोजित बजेट मार्फत १३३ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

सोमवार, माघ २१, २०८१
झापा/ झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ ले भ्रमण खर्च बापत विनियोजित बजेट बाट ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले विगत वर्षहरुमा ज्येष्ठ नागरिक भ्रमण सिर्षकमा बजेट बिनियोजन गरेर हरेक वर्ष भ्रमण लाने गरेको थियो । तर आर्थिक वर्ष २०८१ /०८२ का लागि भ्रमण खर्च नगराएर १ सय ३३ जना वडा ज्येष्ठ आमा बुबाहरुलाई न्यानो कपडा ज्याकेट वितरण गरेको छ । भ्रमण गराउने बजेट सहि सदुपयोग नभएको ठहर गर्दै ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको अर्जुनधारा नगरपालिका वडा नं. ९ का अध्यक्ष भिष्म मिश्रले बताउनुभयो । सोमबार वडा कार्यालयले ज्येष्ठ नागरिकहरुका लागि न्यानो कपडा वितरणका लागि एक कार्यक्रमको आयोजना गरेको छ । वडा कार्यालयले निशुल्क वितरण गरेको न्यानो कपडा दिन आनुभएका ९५ वर्षिय बुबा डम्बरुबल्लभ न्यौपानेले आफुले राणा सासन देखिका सासन ब्यवस्थाको अनुभव गरेको बताउँदै हाल वडामा निर्वाचित जनप्रतिनिधीको कार्यप्रति आफु खुसी रहेको बताउनुभयो । आर्थिक वर्ष २०८१/०८२ का लागि ज्येष्ठ नागरिक भ्रमण खर्च भनेर अर्जुनधारा ९ ले रु २ लाख बजेट ब्यवस्थापन गरेका थियो । वडा कार्यालयले विगतमा विभिन्न धाम घुमाउन लाने गरेको बजेट बाट यस वर्ष न्यानो कपडा मार्फत सम्मान गर्ने जमर्को गरेको कार्यपालिका सदस्य तथा वडा सदस्य गौरीमायाँ चिमरियाले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष देवघाट लगायतका क्षेत्रहरुमा घुमाएर बजेट खर्च गर्ने गरेको वडा नं. ९ ले हाल भने न्यानो कपडा वितरण गरेर ज्येष्ठ विपन्न नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरेको वडा सदस्य खड्गमायाँ पौडेलीलले बताउनुभयो । अर्जुनधारा नगरपालिकाले भ्रमण मार्फत बजेट खर्च गर्नु भन्दा ज्येष्ठ आमा बुबाहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम सञ्चालन गरेर परिणममुखी कार्यक्रमको थालनी गरेको छ । वडा अध्यक्ष भिष्म मिश्रको अध्यक्षता रहेको कार्यक्रममा कार्यपालिका तथा वडा सदस्य गौरीमायाँ चिमरिया, वडा सदस्य केशव थापा, वडा सदस्य खड्गमायाँ पौडेली, वडाका ५ वटा टोल बाट ज्येष्ठ नागरिक, लगायतको उपस्थिति रहेको थियो । कार्यपालिका सदस्य गौरीमायाँ चिमरियाले स्वागत गर्नु भएको कार्यक्रम वडा सचिव प्रकाश पौडेलले सञ्चालन गर्नु भएको थियो  
सम्बन्धित खबर