बुधवार, माघ २३, २०८१
Sancharmanch

बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेटको उपाधि बिर्तामोडलाई 

शनिवार, माघ १९, २०८१
बर्खा स्मृति अन्तरपालिका टि २० क्रिकेटको उपाधि बिर्तामोड नगरपालिकाले हात पारेको छ । भद्रपुरलाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि २० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोडले उचालेको छ । उपाधी उचाले सङ्गै बिर्तामोडले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाएको छ भने उपविजेतामा सिमित भद्रपुरले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । खेललाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका संसद चिन्तन पाठकले बुद्धशान्ति गाउँपालिका हरेक क्षेत्रमा अग्रणी स्थानमा रहेको बताउनुभयो । टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले मध्यम १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भद्रपुरको आगि सर्बाधिक सुमन भट्टराईले २८ रनको योगदान गरे भने अन्य ब्याटसमेनले साथ दिन सकेनन् । जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । बिर्तामोडको लागि अविजित रहेका शिवान्स बजगाईले ६४ रन र दिपु भुजेलको ४२ रनको मद्धतले सजिलै लक्ष्य हासिल गरेको हो । कार्यक्रम भब्य अनि सभ्य ठंगले सम्पन्न भएको भन्दै बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष तथा वडा नं. ३ का अध्यक्ष पर्शुुराम चेम्जोङले बर्खा स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता बुद्धशान्ति गाउँपालिकाकै सानको रुपमा रहेका बताउनुभयो । प्रतियोगिताकै उत्कृष्ट खेलाडी भद्रपुरका अङ्कित सुवेदी , म्यान अफ द म्याच बिजेता टिमका सिवान्स बजगाई, उत्कृष्ट ब्याटर गौरादहका सुरज न्यौपाने , बलर मेचिनगरका शिव राजबन्शी, फिल्डर दमकका कुशल दङ्गाल, विकेट किपर बुद्धशान्तिका अर्पण कार्की, विशेष सम्मान भद्रपुरका दिवान्स बास्तोला र फेयर फ्ले अवार्ड कचनकवलले प्राप्त गर्दै नगद सहित सम्मानित भएका छन् । कार्यक्रम सम्पन्न गर्न सहयोगी मनहरुको महत्वपूर्ण साथ र सहयोग रहेको बताउँदै बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन कुमार प्रसाईले सहयोगि सम्पुर्ण पक्षको सकारात्मक साथ सहयोगका कारण खेल सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको बताउनुभयो । साथै यस अघि भएको Barkha's Indo– Nepal womens cricket प्रतियोगितामा भारत महिला क्रीकेट टिम बिजयी हुँदै सम्मानित भयो । बर्खा स्मृति प्रतिष्ठान अध्यक्ष मदन कुमार प्रसाईंको अध्यक्षता आयोजित समापन सत्रमा प्रदेश सभा सदस्य चिन्तन पाठकको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईं ,भद्रपुर नगर प्रमुख गणेश पोखरेल ,बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला ,बुद्धशान्ति खेलकुद बिकास समिति संयोजक पर्शुराम चेम्जोङ,खेलकुद विकास समिति झापा अध्यक्ष प्रशान्त भण्डारी ,भद्रपुर झापा गोल्डकप अध्यक्ष दिपेश ढकाल ,प्राज्ञा मुनाराज शेर्मा, क्रीकेट संघ झापाका अध्यक्ष प्रविण थापा लगायत विभिन्न सामाजिक ,राजनीति एवम् खेल क्षेत्रका ब्याक्तीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर