विर्तामोड नगरपालिका वडा नं. ५ मा दुई करोड पचास लाख रुपैयाँको लगानिमा गायत्री माताको मन्दिर निर्माण भएको छ । अग्रसेन भवनकै समिपमा स्थानीय दानवीर परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको बताइएको छ । २०८० साल जेठ १७ गतेबाट निर्माणकार्य थालनी गरेको मण्दिर हाल पूर्ण रुपमा निर्माण सम्पन्न भएको छ । विर्तामोड नगरपालिकामै पहिलो पटक गायत्री माताको मन्दिर निर्माण भएको निर्माण समितिका सम्योजक रौनक बङ्सलले जानकारी दिनुभयो ।
निर्माण सम्पन्न गरिएको मन्दिर परिसरमा पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानको आयोजना गरिएको छ । साथै सोही अनुष्ठानको अवसरमा माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गर्न लागिएको सम्योजक रौनक बङ्सलले जानकारी दिनुभयो ।
माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको जनाइएको छ । माताको प्राण प्रतिष्ठा गर्नु अघि मन्दिर परिसरबाट शोभा यात्रा निकालि बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार माघ १७ गते प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्ने र माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन रहने कार्यक्रमकी सहजकर्ता तथा सञ्चालक स्वस्तिका आचार्यले जानकारी दिनुभयो ।
माघ १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने कार्यक्रम तय भएको र दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको प्रस्तुति रहने आयोजक समितिले जानकारी दिएको छ । जसमा भजन कीर्तनका लागि कृष्ण भण्डारी,आयुष शर्मासाहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने बताइएको छ ।
विहिवार मन्दिर परिसरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम मन्दिर निर्माण समितिका सम्योजक रौनक बङ्सलको अध्यक्षता रहेकोमा सम्पन्न भएको थियो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, मन्दिर निर्माण समितिका सदस्य विवेक अग्रवाल, लगायतको आतिथ्य रहेको कार्यक्रम सञ्चारकर्मी स्वस्तिका आचार्यले सञ्चालन गर्नु भएको थियो ।