इलाम/ गोपाल गौरी दिगो विकास प्रतिष्ठानले इलामको सन्दकपुर गाउँपालिका वडा नं. ५ मा २६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
आइतवार वडा नंं ५ को सभाहलमा एक कार्यक्रमको आयोजना गरेर न्यानो कपडा वितरण गरिएको हो । प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माका जिवन साथी स्व.गोपालकृष्ण गौतमको स्मृतिमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सन्दकपुर गाउँपालिका वडा नंं ५ का अध्यक्ष यज्ञ बहादुर गुरुङले गोपाल गौरी दिगो विकास प्रतिष्ठानले दुर्गम ठाउँमा पुगेर विपन्न त्यसमा पनि शारिरिक रुपमा कम्जोर जेष्ठ नागरिकहरुलाई कपडा वितरण गरेकोमा खुसी ब्यक्त गर्दै जमुनालाई संझेर कार्यक्रम ल्याइदिनुभएकोमा केन्द्रिय अध्यक्ष इन्दिरा शर्मालाई धन्यवाद दिनुभयो ।
गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माकी ममतामयी माताको निधनभई १३ औँ पुन्य तिथिको कर्म नसकिएकाले अध्यक्षको उपस्थिति विनानै महासचिवको नेतृत्वमा कार्यक्रमको आयोजना गरिएको थियो ।
जिल्ला समन्वय समिति इलामकी सदस्य सिता कार्कीले गोपाल गौरीले टाढासम्म पुगेर कार्यक्रम सञ्चालन गरेकोमा खुसी ब्यक्त गर्दै कार्यक्रम पुन सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
सन्दकपुर गाउँपालिका वडा नंं ५ का वडा सदस्य कुमार गुरुङले राज्यले जनताको अपेक्षा अनुसार काम गर्न नसकिरहेको सन्दर्भमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले राज्यको काम गरेर स्थानिय सरकारलाई सहयोग पुगेको बताउनुभयो ।
यस क्षेत्रलाई प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको निवासको रुपमा लिएर कार्यक्रम सञ्चालन गरिएको गोपालगौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय सचिव धनमायाँ पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रम सञ्चालनका लागि सहयोगी भुमीका निर्वाह गर्नु भएका इलामका सञ्चारकर्मी पदम विलासीले गोपाल गौरी दिगो विकास प्रतिष्ठान स्थापनामा केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको पारिवारिक विछोडको परिस्थिति जोडिएको बताउनुभयो ।
आफु विभिन्न संघ संस्थामा आवद्ध रहरे सामाजिक उत्तरदायीत्वको क्षेत्रमा कृयाशील रहेको बताउँदै सामाजिक विकासका लागि गोपालगौरी दिगो विकास प्रतिष्ठान सदैव तत्पर रहेको गोपाल गौरी दिगो विकास प्रतिष्ठानका केन्द्रिय महासचिव बुद्धिराम बन्जाडेले बताउनुभयो ।
गोपाल गौरी दिगो विकास प्रतिष्ठान जहाँ राज्यको नजर पुगेको छैन त्यस्ता क्षेत्रमा पुरेर सामाजिक गतिविधि जुन प्रत्यक्ष नागरिको जिवन रक्षासँग जोडिएका क्षेत्रमा पुग्ने गरेको छ ।
इलामको सन्दकपुर गाउँपालिका वडा नं. ५ जमुनामा सञ्चालन गरिएको कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठानका केन्द्रिय पदाधिकारी, झापा शाखाका पदाधिकारी, त्यसै गरी स्थानिय सरकारका प्रतिनिधी, कर्मचारी, आम नागरिक लगायतको उपस्थिति रहेको थियो ।
गोपाल गौरीदिगो विकास प्रतिष्ठानका केन्द्रिय महासचिव बुद्धिराम बन्जाडेको अध्यक्षता रहेको न्यानो कपडा वितरण कार्यक्रममा वडा नं. ५ का अध्यक्ष यज्ञ बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय सचिव धनमाया पौडेलले स्पागत गर्नु भएको कार्यक्राम प्रतिष्ठानका झापा शाखा अध्यक्ष भद्रकुमार दुमीले सञ्चालन गर्नु भएको थियो ।