झापा/ झापाको विर्तामोड नगरपालिका वडा नं. ५ मा रहेको कृषि थोक बजारमा कृषि उपजको ब्यवसायिक कारोवार गर्दै आएको कृषिथोक ब्यवसायिक युवा समूहले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
झापा जिल्लामा रगतको अभाव हुन नदिनकालागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि साथै विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईले विर्तामोड नगरपालिका अस्पतालहरुको हव भएका कारण रगतको अभाव हुन सक्ने सम्भावनालाई लक्षित गरेरे रक्तदान कार्यक्रमको आयोजना गर्नु भएकोमा समूहलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
केषिथोक ब्यवसायि युवा समूहसँग सहकार्य गर्दै छठ युवा फ्रन्ट विर्तामोडले पनि रक्तदान कार्यक्रममा सहभागिता जनाएको छ ।
रक्तदान कार्यक्रममा कृषिथोक बजार भित्र ब्यवसाय सञ्चालन गरिरहेका ब्यवसायीहरुलाई छठ युवा फ्रन्टका अध्यक्ष अमरजित शाहले आग्रह गर्नु भयो ।
विगत १५ वर्ष देखी कृषिथोकमा ब्यवसाय सञ्चालन गरिरहेको युवाहरुको समूहले आयोजना गरेको रक्तदान कार्यक्रमले जिल्लामा रगतको अभाव हुन नदिन महत्वपुर्ण योगदान पुर्याउने कृषिथोक बजार ब्यवस्थापन समितिका अध्यक्ष निरज कुमार ओलीले बताउनुभयो ।
केषिथोक ब्यवसायि युवा समूह द्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम मार्फत ५० प्रिन्ट रगत संकलन भएको छ ।
समूहका अध्यक्ष सोम विक्रम बोहोराको अध्यक्षता रहेको कार्यक्रममा
विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।
समूहका संस्थापक अध्यक्ष मदननाथ अधिकारीले स्वागत गर्नु भएको कार्यक्रम
समूहका सचिव अन्जन आचार्यले सञ्चालन गर्नु भएको थियो ।