झापा/ झापाको विर्तामोड नगरपालिका वडा नं. ५ का ३ वर्षिय बालक उज्वल ठाकुर बचाउँ अभियानमा सहयोग गर्दै मेचि महाकाली संयुक्त बुहारी आवाजले शनिबार सहयोग गरेको छ ।
बुहारी आवाजको प्रयासमा रु २० हजार पाँचहजार सहयोग सहित ठाकुरको घरमै पुगेर सहयोग गरेको हो । २०७७ सालमा स्थापना भएको बुहारी समाज झापाको विर्तामोड नगरपालिका वडा नं. ५ मा केन्द्रिय कार्यालय स्थापना गरेर सामाजिक कार्यमा अग्रसर रहेको छ ।
मेचि देखी महाकाली सम्म आफ्ना सदस्यहरु बढाउदै विभिन्न सहयो गर्दै आएको मेचि महाकाली संयुक्त बुहारी आवाजकी केन्द्रिय अध्यक्ष चन्द्रकला काफ्लेले बताउनुभयो ।
१९ दिन अगाडि सञ्चार मञ्च डट कम मार्फत सहयोगका लागि अपिल सहितको रिपोर्ट सार्वजनिक भए पछि विभिन्न दाताहरु वाट सहयोग जुटिरहेको छ ।
जस अन्तर्गत दिनेश खाति वाट रु २ हजार, कृष्ण बहादर मगर वाट रु पाँच सय, सुवास मगर वाट १५ सय पाँच, इलाका प्रहरी कार्यालय विर्तामोडका मनिश चौधरी वाट १० हजार सहयोग जुटिसेकेको छ ।
सञ्चार मञ्च डक कम बाट सहयोगको भिडियो पोष्ट भए पछि बुहारी आवाज बाट पनि सहयोगको लागि अभियान सञ्चालन गरेको संयुक्त बुहारी आवाजकी सदस्य निर्मला नेपालले बताउनुभयो ।
विभिन्न क्षेत्रमा सहयोगको पर्खाइमा रहेका नागरिकहरुलाई सहयोग गर्दै अगाडि बढेको मेचि महाकाली सम्युक्त बुहारी आवाजकी झापा जिल्ला सम्योजक गंगा भट्टराईले सञ्चार मञ्च डट कमको आधिकारीक फेसबुमक पेजमा प्रेसित भिडियो सामग्री देखे पछि बुहारी समाजको तर्फ वाट पनि सहयोग जुटाउन सुरु गरि सहयोग जुटाएको बताउनु भयो ।
विर्तामोड नगरपालिका वडा नं. ५ का युवा वडा अध्यक्ष रोहित प्रसाईको प्रयासमा सहयोगको अभियान अगाडि वढाइएको छ । सहयोगी मनहरुलाई सहयोगका लागि आग्रह गदै वडा अध्यक्ष रोहित प्रसाईले बाबुको उपचारमा धेरै खर्च लाग्ने र नेपालमा उपचार सम्भव नहुने हुँदा भारत लगेर उपचार गर्न लागिएको बताउनुभयो ।
मुकेश ठाकुर र दिपिका ठाकुरका पहिलो सन्तान एक छोराको पनि अल्पायुमै निधन भए पश्चात एक छोरी र तेश्रो सन्तानको रुपमा जन्मिएका यि सानु छोरा उज्वल ठाकुर छन् । उज्वल पनि बोन म्यारोमा समस्या भएपछि जिवन जिउन संघर्ष गरिरहेकाछन् । हाल उनलाई झापाको कनकाई अस्पतालमा रगत चढाउँदै घरमा राखिएको छ । फागुन महिनाको पहिलो हप्तानै उपचारका लागि भारतको चेन्नाई लानु पर्ने डाक्टरको सल्लाह अनुसार मुकेशको परिवार यतिवेला आर्थिक सहयोगका लागि भौतारिरहेको छ । सहयोग गर्ने मनहरुका लागि मुकेश ठाकुरको बैंक खाता विवरण समेत यसै रिपोर्ट मार्फत सार्वजनिक गरिएको छ ।