झापा/ बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीवार संस्थाको कार्यालयमा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष मेघराज बास्तोलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतराले नयाँ धारा जडानगर्न नसक्नेलाई खानेपानीको महत्व धेरै हुने तर केहि उपभोक्ताहरुले महशुल नतिरेर धारा काट्नुपर्ने समेत बाध्यता रहेको बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट जेष्ठ उपभोक्ता पुरुष जयबहादुर खालिङ राई,
उत्कृष्ट जेष्ठ उपभोक्तातर्फ देबीमाया आचार्य,
उत्कृष्ट कर्मचारीका रुपमा सन्तोष खरेललाई सम्मान गरिएको थियो ।
संस्थाको निति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले आम उपभोक्ताको मागलाई ध्यानमा राखेर खानेपानी बितरणलाई कमीकम्जोरी हुन नदिई लगिने बताउनुभयो ।
खानेपानी संस्थाले हाल सम्मको आय ब्यय समेत सार्वजनीक गरेको छ । खर्च र आम्दानी समेटिएको संस्थाको आर्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष शारदा रिजालले प्रस्तुत गर्नु भएको थियो ।
३ वटा ओभरहेड ट्याङ्की सञ्चालन गरिरहेको विर्तामोड खानेपानी संस्थाका निवर्तमान अध्यक्ष जलकुमार गुरुङ, जिल्ला समन्वय समिति झापा उप–प्रमुख शान्ता रोक्का, सल्लाहकार हर्कलाल गिरी, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र थापा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिराट भरत बिश्रान्तीका उपाध्यक्ष कुलप्रसाद संग्रौलाले आम उपभोक्ताको इच्छा आकाङ्क्षा भनेको पिउने पानी रहेको बताउँदै शुद्ध पिउने पानीको उचित ब्यवस्थापन गर्दै अगाडि वढ्नुपर्ने बताउनुभयो ।
विर्तामोड खानेपानीलाई मुलुकै उत्कृष्ठ खानेपानी संस्थाको रुपमा सन २०१८ र २०२२ गरि २ पटक पुरस्कृत भएको थियो ।
नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता बिमली खरेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सामाजिक काम गर्नका लागि सम्बन्धित सरोकारवाला विभिन्न निकायहरुमा मिलाउनुपर्ने भन्र्दै दुरुपयोगका श्रृङ्खला बढेको बताउँदै संस्थाका नि वर्तमान अध्यक्ष तथा मेचि आँखा अस्पतालका अध्यक्ष जल कुमार गुरुङले सम्पूर्ण क्षेत्रले सकारात्मक रुपमा काम गर्नु पर्नेमा जोड दिनुभयो ।
चारआली खानेपानीका अध्यक्ष राजन चिमरियाले स्वच्छ खानेपानी वितरण गर्नु सस्थाको कर्तब्य भएको बताउँदै बिकाश निर्माणका आयोजनाहरुले पाईपलाईनमा क्षति पुर्याउने गरेकाकारण चुनौती थपिएको बताउनुभयो ।
इकाइगत प्रतिनिधीहरुको सत प्रतिसत उपस्थिति रहेको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।
संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत गर्नु भएको कार्यक्रमसंस्थाका सचिव पारसमणि मैनालीले सञ्चालन गर्नु भएको थियो ।