बिर्तामोड १५ पुस । बिर्तामोड–३ स्थित बिराट भरत विश्रान्तिको अध्यक्षमा पुनः डिल्लीप्रसाद प्रसाई चयन हुनुभएको छ ।
संस्थाको पाँचौं अधिवेशनबाट तथा छैटौं बार्षिक साधारणसभाबाट अध्यक्षमा प्रसाईसहित सिङ्गो कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा कुलप्रसाद संग्रौला, महासचिवमा गोपीकृष्ण प्रसाई, सचिवमा कञ्चना ढकाल सिटौला, कोषाध्यक्षमा शैलेन्द्र सिटौला र सहकोषाध्यक्षमा मनिष साहेवाला निर्वाचित भएको निर्वाचन समितिका संयोजक नारायण पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी सदस्यहरुमा बुद्धिप्रसाद घिमिरे, मनबहादुर लिम्बु (पाहिम), मिजास पोखरेल, मिरा कार्की खड्का र मेघराज बास्तोला निर्वाचित भएका हुन् । संस्थाको सदस्यमा छैटौं साधारणसभाले टिकेन्द्र संग्रौला र देविका बस्नेतलाई सदस्यमा मनोनित गरेको छ ।
यसअघि छैटौं बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन सोमबार सम्पन्न भएको छ । राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, प्रमुख संरक्षक राजेश खड्का, हर्कलाल गिरी, कृष्ण धरावासी, ज्येष्ठ नागरिक संघ जिल्ला अध्यक्ष इश्वरीप्रसाद तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका महासचिव गोपीकृष्ण प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष कुलप्रसाद संग्रौलाले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्षको प्रतिवेदन उपाध्यक्ष कुलप्रसाद संग्रौला, सांगठनिक प्रतिवेदन महासचिव गोपीकृष्ण प्रसाईं र कोषको प्रतिवेदन कोषाध्यक्ष शैलेन्द्र सिटौलाले प्रस्तुत गरेका थिए ।