शनिवार, पौष १३, २०८१
Sancharmanch

विर्तामोड खानेपानीमा १८ वर्ष सेवा गरेका सहनी संस्था बाट विदा भए

शुक्रवार, पौष १२, २०८१
झापा/ झापाको विर्तामोड नगरपालिका र अर्जूनधारा नगरपालिकाका केहि वडा सेवा क्षेत्र बनाएको विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कर्मचारी सम्भु सहनीको अनिवार्य अवकास भएको छ । १८ वर्ष सम्म विर्तामोड खानेपानीमा प्लम्बर पदमा कार्यरत सहनी शुक्रबार अनिवार्य अवकास हुनुभएको हो । शहनी संस्था वाट विदा भए पनि बाँकी जिवन खुाखमय वितोस भन्ने शुभकामना दिनुहुँदै कार्यक्रमका अध्यक्ष तथा विर्तामोड शाना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले सेवा निबृत्त भए पनि शहनीलाई आफुले सक्ने सहयोग गर्ने बताउनुभयो । विर्तामोड खानेपानीको इतिहाँसमा सुरुवाती चरण देखीनै काम गर्दै आउनु भएका सहनी एक इमान्दार र कर्तब्यनिष्ट कर्मचारीको रुपामा परिचित हुनुहुन्थ्यो । आफुसँगै विर्तामोड खानेपानीमा निरन्तर सेवा गर्दै आउनु भएका शहनी बिर्तामोड खानेपानीमा एक उदाहरणीय ब्यक्ति भएको संस्थाका ब्यवस्थापक खड्ग राज गिरीले बताउनुभयो । हाल बरिष्ट प्लम्बरको रुपामा रहनु भएका सहनीले संस्थामा योगदान गरे वापत उत्कृष्ट हेन्डसेककासाथ विदाई हुनु भएको छ । लामो समय खानेपानीमा इमान्दार पूर्वक काम गर्नु भएका शहनी बिर्तामोड खानेपानीको इतिहाँस भएको बताउँदै संस्थाकी स्टोक किपर गंगा शर्माले बाँकि जिवन शुखमय बनोस भन्ने शुभकामना दिनुभयो । कार्यक्रम विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । संस्थाकी कोषाध्यक्ष शारदा रिजालले स्वागत गर्नु भएको कार्यक्रम सचिव पारषमणी मैनालीलले सञ्चालन गर्नुभएको थियो ।
सम्बन्धित खबर