झापाको विर्तामोड नगरपालिका बाट सामाजिक उत्थानको क्षेत्रमा कृयाशील उर्जाशील रामधुनी आमा समूहले विधिवत रुपमा आफ्नै कार्यालयको उध्घाटन गरेको छ ।
ज्येष्ट नागरिक जिल्ला संघको भवनको भुइतलामा स्थापना गरेको कार्यालय प्रमुख अतिथि तथा सम्बिधान सभा सदस्य सुदिरकुमार सिवाकोटीले ब्यानर खोलेर उध्घाटन गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिवाकोटीले उर्जाशील रामधुनी आमा समुहले समाज परिवर्तनका लागि सञ्चालन गरेका गतिविधिहरु सामान्य नरहेको बताउनुभयो ।
ज्येष्ट नागरिक संघ झापाका कोषाध्यक्ष कुल प्रसाद संग्रौलाले आमा समुहले समाज विकासमा देखाएको कृयाशीलता, नागरिक उत्थान, विपन्न सहयोग लगायतका गतिविधिहरुको मुल्याङ्कन गरेर अफिस स्थापनाका लागि ज्येष्ट नागरिक संघ जिल्ला कार्य समितिको भवनको एक कोठा निशुल्क उपलब्ध गराएको बताउनुभयो ।
कार्यक्रमका अतिथि साथै ज्येष्ट नागरिक जिल्ला संघको भवन निर्माणका लागि आवश्यक सम्पूर्ण इटा निशुल्क उपलब्ध गराउनु भएका सामाजिक ब्यक्तित्व युवराज दाहालले भवन निर्माणका लागि जमिन ब्यवस्थापनमा धेरै संघर्ष गरेको बताउनुभयो ।
कार्यालय उध्घाटनसँगै विभिन्न सामाजिक ब्यक्तित्व तथा ज्येष्ट नागरिकहरुलाई सम्मान समेत गरिएको थियो । त्यस्तै समूहले कार्यक्रममा आगो लागेर घाइते हुनु भएका विर्तामोड नगरपालिका वडा नं. ५ कि अप्सना खातुनका श्रीमान एम के रिजवानको उपचार सहयोगका लागि समेत आर्थिक सहयोग गरेको छ ।
यस्तो पवित्र काममा तल्लिन सामाजिक संस्थाको कार्यालय ब्यवस्थापनका लागि ज्येष्टनागरिक संघ जिल्ला कार्य समितिले विश्वास गरेर कोठा उपलब्ध गराएको ज्येष्टनागरिक संघ जिल्ला कार्यसमिति झापाका अध्यक्ष इश्वरी प्रसाद तिमल्सेनाले बताउनुभयो ।
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको केन्द्रीय सदस्य साथै मेचि आँखा अस्पतालका अध्यक्ष जल कुमार गुरुङले उर्जाशील रामधुनी आमा समुह नामलेनै काफि भएको बताउँदै संस्थाले सञ्चालन गरेका हरेक गतिविधि नाम जत्तिकै पवित्र भएको बताउनुभयो ।
सानो ठाउँमा भए पनि कार्यालय स्थापनाका लागि संस्थाले गरेका कामहरुको मुल्याङ्कन भएको बताउँदै उर्जाशील रामधुनी आमा समूहकी अध्यक्ष सामाजिक ब्यक्तित्व गंगा शिवाकोटी ढकालले समूहले ज्येष्ट नागरिकहरु सदैव मार्ग दर्शकको रुपमा हेरेको बताउनुभयो ।
हिजो सामान्य रुपमा स्थापना भएको उर्जाशील रामधुनी आमा समूह सार्वजनिक महत्वका कामहरु गर्दै राज्यका आँखा नपुगेका क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई बलियो ढंगले प्रस्तुत गरेका कारण ज्येष्ट नागरिक जिल्ला संघले समेत उच्च मुल्याङ्कन गर्दै अफिस भवन उपलब्ध गराएको छ ।
जस्ले गर्दा समूहका सामाजिक गतिविधीहरु अझ्झ मजबुत र ससक्त ढंगले अगाडि वढ्ने देखिएको छ ।
संस्थाकी अध्यक्ष गंगा शिवाकोटी ढकालको अध्यक्षता रहेको कार्यक्रममा सम्बिधन सभा सदस्य सुदिरकुमार सिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाकी सदस्य सुनिता प्रसाईले स्वागत गर्नुभएको कार्यक्रम संस्थाकी सचिव टिका प्रसाई मैनालीले सञ्चालन गर्नु भएको थियो ।