झापा / संग्रौला वंश समन्वय तथा समाज कल्याण समिति नेपालको अध्यक्षमा कुलप्रसाद संग्रौला निर्वाचित हुनुभएको छ । मङ्सिर २९ गते शनिबार झापाको शिवशताक्षी नगरपालिका वार्ड नं ८, झिलझिलेमा रहेको वाटर किंगडम पार्क एन्ड रिसोर्टमा सम्पन्न भएको संग्रौला वंश समन्वय तथा समाज कल्याण समिति नेपालको पाँचौं केन्द्रीय महाधिवेशनबाट संग्रौलाको अध्यक्षतामा २१ सदस्सीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा निर्माण भएको छ ।
कुल प्रसाल संग्रौला बिर्तामोड नगरपालिका वडा नं. ४ को पूर्व जनप्रतिनिधी समेत रहनु भएको थियो । जनप्रतिनिधी हुँदाका बखत जनभावना अनुसार नगरमै उत्कृष्ठ कार्य सम्पादन गर्नु भएका संग्रौला पछिल्लो समय राजनितिक बृत्तमा पनि सादगी नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँ ज्येष्ठ नागरिक संघ झापाको कोषाध्यक्ष रहेर संघको अफिसको लागि संघकै नाम बाट दुईतले भवन निर्माण गर्न समेत सफल बन्नु भएको छ । एक पवित्र संस्था बिराट भरत बिश्रान्तिको उपाध्यक्ष समेत रहनु भएका कुल प्रसाद संग्रौला समाज विकास र समृद्धिका लागि पार्टिगत राजनिति भन्दा माथि उठेर निर्णय गर्ने क्षमताका भएका कारण पनि जनप्रीय नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँको पछिल्लो कार्य सम्पादनको मुल्याङ्कन गर्न विराट भरत विश्रान्तिको प्रगति विवरण काफि रहेको जानकारहरु बताउँछन् ।
५औं महा अधिवेशन बाट कुल प्रसाद संग्रौला केन्द्रिय अध्यक्ष त्यसै गरी यामनाथ संग्रौला उपाध्यक्ष लक्ष्मी प्रसाद संग्रौला उपाध्यक्ष, देवी प्रसाद संग्रौला उपाध्यक्ष, मेघराज संग्रौला उपाध्यक्ष, युवराज संग्रौला महासचिव, विज्ञान संग्रौला सचिव, नगेन्द्र संग्रौला सहसचिव, टेकेन्द्र संग्रौला कोषाध्यक्ष, राजेन्द्र संग्रौला सदस्य, गोपाल कृष्ण संग्रौला सदस्य, विष्णु संग्रौला सदस्य, कुवेर संग्रौला सदस्य, खगेन्द्र संग्रोला सदस्य, चन्द्र प्रसाद संग्रौला सदस्य, संगिता संग्रौला सदस्य, रचना संग्रौला सदस्य, शोभा संग्रौला सदस्य, गणेश बहादुर संग्रौला सदस्य, पशुपति संग्रौला सदस्य, सावित्रा संग्रौला सदस्य सहित कार्यसमिति चयन गरिएको छ ।
दिलिप कुमार संग्रौलाको अध्यक्षता रहेको कार्यक्रममा दिवा संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो । लोक प्रसाद संग्रौला र लय प्रसाद संग्रौलाको विशेष आतिथ्यता रहेको कार्यक्रम देवि प्रसाद संग्रौलाले सञ्चालन गर्नु भएको थियो ।