झाप/ झापको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ खेलकुद विकास समितिको आयोजनामा मंसिर १३ गते बाट सन्चालन भएको प्रथम बुद्धशान्ति गाउँपालिका वडा स्तरीय पुरुष टि १० क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ । आज भएको पहिलो सेमिफाईनल खेलमा वडा नः१ ले वडा नः५ लाई ६१ रनको विशाल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको वडा नः१ ले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १४० रनको ठुलो योगफल बनाएको थियो ।
१४१ रनको लक्ष्य लिएर मैदानमा उत्रेको वडा नः५ ले सम्पुर्ण विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सफल भयो भने खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका बुद्धशान्ति –१ का बलर नमन राउत खेलको म्यान अफ द म्याच घोषित भए ।
आजै भएको दोश्रो सेमिफाइनल खेलमा वडा नः७ लाई ७४ रनको ठुलो अन्तरले पराजित गर्दै आयोजक वडा नः३ फाइनल प्रवेश गरेको छ ।
पहिले ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै १११ रन बनाएको थियो।
११२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको वडा नः ७ ले अलआउट हुँदै मात्र ३४ रन बनाउन सफल भयो भने ब्याटिङ र बलिङ तर्फ उत्कृष्ट प्रदर्शन गर्दै बलिङमा ४ विकेट लिएका बुद्धशान्ति –३ का प्रविन कोइराला खेलको म्यान अफ द म्याच घोषित भए ।
भोलि शनिबार हुने फाइनल खेलमा प्रमुख दाबेदार मानिएका वडा नः१ र वडा नं ३ का बिचमा बिहान ११ः३० बाट फाइनल भिडन्त रहने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको विजेताले नगद रु. २०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. १०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बुद्धशान्ति गाउँपालिकाको गाउँपालिका खेलकुद विकास समितिको समन्वय र वडा नं. ३ खेलकुद विकास समितिको आयोजनामा
हिजोबाट सुरु भएको हो प्रतियोगिताको समुद्घाटन बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानीप्रसाद खतिवडाले क्रमशः ब्याटिङ र बलिङ गरी गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा वडा नं. ३ खेलकुद विकास समितिका संयोजक विनोद नेम्वाङ विभिन्न संघसंस्थाका प्रतिनिधि राजनीतिक दलका प्रतिनिधी सुरक्षा निकायका प्रतिनिधि खेलप्रेमी अन्य अतिथिहरूको आतिथ्यता रहेको थियो ।