झापा/ झापाको बुद्धशान्ति गाउँपालिका वडा नः३ खेलकुद विकास समितिको आयोजनामा प्रथम बुद्धशान्ति गाउँपालिका वडास्तरीय पुरुष क्रीकेट प्रतियोगिता बिहिबार समुद्घाटन भएको छ ।
बुद्धशान्ति गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम अन्तर्गत, खेलकुद विकास समितिको सहजिकरणमा वडा नः ३ खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिता अन्तर्गत विहिवारको उद्घाटन खेलमा बुद्धशान्ति गाउँपालिका वडा नः १ ले वडा नम्बर २ लाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वडा नः२ निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन मात्र बनाएको थियो।
४० रनको सामान्य लक्ष्य पछ्याएको वडा नः१ ले ४ .१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्न सफल भयो ।वडा नः१ को जितमा उत्कृष्ट प्रदर्शन गरेका मन्दिप खरेल खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी दोश्रो खेलमा आयोजक बुद्धशान्ति गाउँपालिका वडा नः३ ले वडा नः४ लाई ३७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वडा नः३ ले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १०२ रन बनाउन सफल भयो।१०३ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रेको वडा नः४ ले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै ६४ रन मात्रै बनाउन सफल भयो ।वडा नः३ लाई बिजयी गराउन उत्कृष्ट प्रदर्शन गरेका लक्ष्मण शाह खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यसै गरि दिनको तेस्रो खेलमा वडा नः६ लाई ७ विकेटले पराजित गर्दै वडा नः५ सेमिफाइनल प्रवेश गरेको छ।पहिले ब्याटिङ गरेको वडा नः६ ले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ८० रन बनाएको थियो।८१ रनको लक्ष्य पछ्याएको वडा नः५ ले ९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्ती गर्यो ।बलिङ र ब्याटिङ दुवै तर्फ उत्कृष्ट प्रदर्शन गरेका वडा नः५ का मन्जिल पौडेल खेलको म्यान अफ द म्याच घोषित भए ।
अब शुक्रबार हुने पहिलो सेमिफाइनलमा वडा नः१ र ५ का बिचमा प्रतिस्पर्धा हुने छ भने टाईसिट निर्माण गर्दा गोलाप्रथा मार्फत बाई मा परेको वडा नः७ ले सिधै सेमिफाइनल प्रतिस्पर्धा वडा नः३ का साथमा गर्ने छ।
प्रतियोगिताको बिजेताले नगद रुः२० हजार ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रुः१० हजार ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको बिजेताले नगद रुः२० हजार ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रुः१० हजार ,ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको समुद्घाटन बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानीप्रसाद खतिवडाले सम्युक्त रुपमा गर्नु भएको थियो । वडा नं.३ खेलकुद विकास समितिका संयोजक विनोद नेम्वाङको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट आतिथिको रुपमा गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा रहनुभएको थियो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल ,सम्पुर्ण वडाका वडाध्यक्ष ,कार्यपालिका सदस्य ,गाउँपालिकाका विभिन्न शाखा प्रमुख, सामाजिक संघसंघस्थाका प्रमुख तथा प्रतिनिधी, पार्टी प्रमुख तथा प्रतिनिधी ,सुरक्षा निकायका प्रमुख, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अध्यक्ष विनोद नेम्वाङले स्वागत सहित औचित्य माथि प्रकाश पार्नु भएको कार्यक्रममा गाउँपालिका खेलकुद विकास समिति संयोजक पर्शुराम चेम्जोङ र गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।उद्घाटन सत्रको कार्यक्रम संचालन खेल सहजकर्ता गोकुल पौडेलले गर्नुभएको थियो ।