इलाम/ इलामको रोङ गाउँपालिकाले मंशिर ९ गते बाट सल्याक्रिया सहितको ३ दिने निःशुल्क आँखा शिविर सन्चालन गरेको छ ।
नेपाल नेत्रज्योति सघ इलाम, विराटनगर आँखा अस्पताल र रोङ गाउँपालिको संयुक्त आयोजनामा ३५ दिनको कसरतमा गाउँपालिका भित्रका बिभिन्न टोलस्तर सम्म पुगेर सञ्चालन भएको शिविरमा पत्तालागेका आँखाको जटिल समस्या भएका १ सय ७९ जना विरामीहरुको खाना बास यातायात सहतको निशुल्क सल्यकृया सुरु भएको हो ।
पहिलो चरणको शिविर मार्फत ३ हजार ८ सय ४ जना नागरिकहरुमा गरिएको परिक्षणबाट भेटिएका १ सय ७९ जनाको विरामिहरूको कोल्वुङ स्वास्थ्य चौकी सम्म पुग्नका लागि यातायातको ब्यवस्थासँगै ब्यवस्थित बसोवासको प्रवन्ध सहित निःशुल्क अपरेसन सुरु भएको रोङ गाउँपालिका अध्यक्ष मनिकृुमार स्याङ्वो सुवासले बताउनु भयो ।
आँखा मानिसलाई संसार देखाउने अनि परिचय स्मरण गराउने महत्वपूर्ण अङ्ग हो । जसमा कुनै प्रकारको रोग लाग्यो या क्षति पुग्यो भने रात दिन एकै हुन सक्छ ।
कतिपय नागरिकहरु आर्थिक अभावका कारण स्वास्थ्या पचारको अभावमा रोग पालेर पिडादायी जिवन यापन गर्न बाध्य रहेको पाइन्छ ।
गाउँपालिका भित्रका निम्न वर्गका नागरिकहरूलाई गत बर्ष रोगको खोजि सिविर सन्चालनको सुरुआत गरेको बताउँदै गाउँपालिका उपाध्यक्ष विष्णु मायाँ खवासले शिविरबाट सेवा लिन सम्पुर्ण रोङबासिलाई नागरिकलाई अनुरोध समेत गर्नु भयो ।
रोङ गाउँपालिका वडा नं ३ मा रहेको कोल्वुङ स्वास्थ्य चौकीमा मंशिर ९ गतेबाट सन्चालन भएको शिविरमा १० गते सम्म अर्थात २ दिनमा ४० जनाको शल्यक्रिया सम्पन्न भएको त्यसै गरी सल्यकृया गरिएका मध्ये १७ जनालाई निशुल्क औसषि सहित डक्टरको सल्लाह अनुसार डिस्चार्ज गरि घर घर पुर्याइएको रोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताउनु भयो ।
शल्यक्रियाका लागि सिफारिस गरिएका विरामिहरूमा मोतियाबिन्दु आँखामा बोसो जमेको, मासु पलाएको लगायतका समस्या रहेको बताइएको छ । जसमा रोङ गाउँपालिका वडा न १ मा १७ जना, वडा न २ मा ४० , जना वडा न ३ मा २०, जना वडा न ४ मा २६ जना वडा न ५ का ३५ जना र वडा न ६ बाट ४१ जनाको पहिचान गरि शल्यकृयाको प्रकृया अगाडि वढाइएको छ ।
रोङ गाउँपालिकाले आफ्नै गाउँ घरमा विशेषज्ञ चिकित्सक सहितको टिम समक्ष आँखा चेकजाच गराउन पाउँदा स्थानीय जेष्ठ नागरिक बुवा आमाहरूका मुहारमा खुसि छाएको देखिन्थ्यो । नेपाल नेत्रज्योति सघ इलामका अध्यक्ष इन्द्र फुयेलको अध्यक्षतामा सम्पन्न उत्घाटन कार्यक्रममा रोङ गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वो सुवासको प्रमुख आतिथ्यता रहेको थियो ।
शिविरमा रोङ गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वो सुवास, उपाध्यक्ष विष्णुमाया खवास प्रमुख प्रसासकिय अधिकृत विनोद कुमार चौहान, रानी अस्पताल विराटनगरका सर्जन प्रियङ्का अग्रवाल, इलाम स्वाथ्य कार्यलयका जनस्वाथ्य प्रशिक्षक आदित्य साक्य, सम्पुर्ण वडा का स्वाथ्यकर्मी, सुरूक्षाकर्मि लगायतको उपस्थिति रहेको थियो ।