शुक्रवार, मंसिर २८, २०८१
Sancharmanch

झापाको कनकाई नगरपालिका वडा नं. ६ हुने उप निर्वाचनका लागि रोमाञ्चित भिडन्त

सोमवार, मंसिर १०, २०८१
झापाको कनकाई नगरपालिका वडा नं. ६ मा मंशिर १६ गते हुने उप निर्वाचनका लागि स्वतन्त्र उमेद्वार सहित विभिन्न राजनितिक दलका ९ जना उमेदवारहरुको प्रतिष्पर्धा हुने भएको छ । वडा अध्यक्ष पदका लागि हुन लागेको उप निर्वाचनमा ९ जनाको उमेदवारी परेसँगै चुनावी सरमागर्मी बढेको हो । स्थानिय तहको पहिलो कार्यकालमा नेपाली कांग्रेसको तर्फ वाट निर्वाचित वडा अध्यक्ष लक्ष्मि प्रसाद ओली चापाकल चुनाव चिन्ह लिएर स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा हुनुहुन्छ । यता नेपाली कांग्रेस वाट वडा नं. ६ का सभापती रामगोपाल ओली रुख चुवाब चिन्ह लिएर आफै चुनावी मैदानमा हुनुहुन्छ । हुनत नेपाली कांग्रेस पनि वडा नं. ६ मा राम्रै संख्यामा कार्यकर्ता लिएर चुनावी मैदानमा रहेको छ । वडाको पारदर्शिता र इमान्दारीताकासाथ विकास गर्नका लागि आफ्नो उमेदवारी रहेको राम गोपाल ओलीको दावी रहेको छ । नेपाली कांग्रेसको तर्फ वाट यति वेला नेता तथा कार्यकर्ता चुनावी माहोल बनाउँदै घरदैलो अभियानमा रहेको बताउँदै नेपाली कंग्रेस कोशी प्रदेश सदस्य रन्जिता कार्कीले हिँजो पनि समाज सेवामा समर्पित जुझारु युवा नेतृत्वलाई उमेदवारी बनाएको बताउनुभयो । सानो पाटिको रुपमा हेरिएको तर २०७९ सालको चुनावमा ठुला भनिएका दलहरुलाई पछि पार्दै राष्ट्रिय राजनितिमा सम्मानजनक सिट ओगट्न सफल डक्टर सि के राउतको नेतृत्वमा रहेको जनमत पाटिको तर्फ वाट सुकलाल राजवंशीले समेत हेन्ड माईक चुनाव चिन्ह सहित उमेदवारी दिनुभएको छ । कुनै पाटिले उमेदवार लिएर जिते पनि जन अपेक्षीत काम गर्न नसकेकोहुदा आफ्नो उमेदवारी रहेको सुकलालको दावी छ । आफ्नो पाटीको तर्फ वाट उमेदवारी दिनुको कारण वताउँदै जनमत पार्टिका केन्द्रिय प्रसाशनीक समन्वय विभाग प्रमुख बुद्धिराज न्यौपानेले डक्टर सिके राउत आफैँ आएर चुनावी माहौल सुरु गरेको बताउनुभयो ।
सम्बन्धित खबर