झापा/ झापाको बुद्धशान्ति गाउँपालिकामा स्थापना भएको बर्खा स्मृति प्रतिष्ठान द्वारा चिलिमगढी घाट क्षेत्रको सरसफाई कार्यक्रमको आयोजना भएको छ ।
प्रतिष्ठानको अगुवाईमा आयोजना गरिएको सरसफाई कार्यक्रममा स्थानिय युवा क्लवहरुको समेत सहभागितामा कार्यक्रम सञ्चालन भएको थियो ।
२०७९ साल मंसिर १० गते स्थापना भएको बर्खा प्रतिष्ठानले घाटको सरसफाईसँगै सामाजिक कामको सुरुआत भएको बताउँदै विभिन्न समयमा प्रतिष्ठानले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले बताउनुभयो ।
बर्खा समृति प्रतिष्ठानले चिलिम घाट सरसफाईको कार्यक्रमको आयोजना गरेरै सामाजिक कामको सुरुआत गरेको बताउँदै बुद्धिशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले सामाजिक कामकालागि अग्रसर प्रतिष्ठानलाई थप उर्जा मिल्लेगरी गाउँपालिकाको तर्फ वाट पनि सहयोग गरेको बताउँनुभयो ।
बुद्धशान्ति गाउँपालिका भित्र सामाजिक संघ संस्थाहरु कृयाशिल रहेको बताउँदै बर्खा स्मृति प्रतिष्ठानले विभिन्न विषयमा आधारित सामाजिक गतिविधिहरु सञ्चालन गरेको र प्रतिष्ठानका गतिविधिमा आफ्नो संस्थाको समेत प्रतिनिधित्व हुने गरेको बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष दिपक सापकोटाले बताउनुभयो ।
बर्खा स्मृति प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको बताउँदै मानिस जन्मे पछिको अन्तिम यात्रा मृत्यु भएकाले अन्तिम संस्कार गर्ने स्थानको सरसफाईका लागि प्रतिष्ठालाई सहयोग गर्दै जनप्रतिनिधी, विभिन्न संघ संस्था, स्थानिय प्रसासनलगायतले पनि ऐक्यबद्धता जनाउदै कार्यक्रम सञ्चालन भएको दारि ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले बताउनुभयो ।
मान्छेको अन्तिम यात्रा मृत्यु नै हो । मृत्यु संस्कारका लागि प्रयोग हुने घाटको सरसफाईमा प्राय कसैको पनि ध्यान पुगेको पाईदैन । तर बर्खा स्मृति प्रतिष्ठानले घट सफाईसँगै सुरु गरेको सामाजिक गतिविधिसँगै आफ्नो स्थापना दिवसको अवसरमा पुन घाट सफाई गरेर एउटा नमुना शन्देश दिएको छ ।
जस्ले चिलिमगढी घाटलाई सुन्दर मात्र बनाएको छैन, जिवनको अन्तिम यात्राको अन्तिम क्षणको वातावरण स्वच्छ बनाएको छ ।
यो प्रतिष्ठान अमेरिकामा दिबंगत हुनु भएकी प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईकी धर्म पत्नी स्वर्गिय बर्खा प्रसाईको स्मृति सञ्चालन भएको छ ।