शनिवार, मंसिर ८, २०८१
Sancharmanch

पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धामको ४२ औं बार्षिक अनुष्ठान उद्घाटन हुँदै

शनिवार, मंसिर ८, २०८१
झापा- पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धामको ४२ औं बार्षिक अनुष्ठानको शनिवार (आज) उद्घाटन हुँदैछ। अनुष्ठान उद्घाटनका लागि विश्व प्रसिद्ध हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) र मंगलधाम कालिम्पोङका धर्मगुरु मोहन प्रियाचार्य अर्जुनधारा आइपुगेका छन्। बालाचतुदर्शी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको धाम समितिले जनाएको छ । आज ११ बजे कलस यात्रा र त्यसपछि औपचारिक उद्घाटन समारोह हुने धाम समितिले जनाएको छ। धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार आगामी मंसिर १५ गतेसम्म महायज्ञ हुनेछ। विश्वशान्ति तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा आन्तरिक तथा बाह्य गरी पाँच लाख भन्दा बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । विसं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ । धाममा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भावगतसहित हवनात्मक महायज्ञ गरिने जानकारी समितिका महासचिव शिवलाल खतिवडाले जानकारी दिए । मूल मन्दिरको पूर्व–दक्षिणतर्फ १०८ व्यास (कुटी), यज्ञ, मण्डप आदि निर्माण गरिएको छ। अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य कुवेर सुवेदीको व्यासत्वमा हुने महायज्ञमा मूल अर्चक अग्निप्रसाद सिग्देल सहआचार्य रहनेछन्।
सम्बन्धित खबर