झापा/ झापाको बिर्तामोडमा स्थापित एभरेष्ट कार्डमम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले आफ्ना उत्पादन सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले उद्योग उध्घाटन गर्नु भएको हो ।
कम्पनिले अलैँचि वाट बन्ने सुगन्धित तेल तथा विभिन्न २० भन्दा बढी प्रकारका मसलाहरुको उत्पादन सुरु गरिएको जनाइएको छ । एभरेष्ट कार्डमम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिका अध्यक्ष समाजसेवी ओमकृष्ण विमलीले कृषि उत्पादन आयातमा अनावश्यक झण्झट नलगाउन सरकारसंग आग्रह गर्दै उद्योग बचाउन सकेमात्रै राज्यको कर सुनिश्चित हुने हुँदा उद्योगको संरक्षण तर्फ सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । सोहि अवसरमा अध्यक्ष विमलीले आफ्नो उद्योग वाट उत्पादित सामग्रीको दुवईमा विक्री केन्द्र स्थापना भइसकेको जानकारी दिंदै क्यानडा लगायतका देशहरुबाट पनि माग भइरहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अथिति उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले कार्यक्रमलाई सम्बोधन गर्दै अलैंची उत्पादनको गुणस्तर बृद्धिका लागि किसान र उद्योगी दुवैलाई सहयोग पुग्ने गरी काम गर्ने आश्वासन दिनु भयो ।
उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले समाजसेवी ओमकृष्ण बिमलीले कृषि उपज अलैँचि लगायतका कच्चा पदार्थको प्रसोधन गर्दै बजारीकरणका क्षेत्रमा योगदान पुर्याउनु भएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।
नेपालको पहाडी लगायत हिमाली क्षेत्रमा प्रमुख नगदेबालीको रुपमा परिचित अलैंची उत्पादनको हिसावमा ८५ प्रतिशत अलैंची कोशी प्रदेशमै उत्पादन हुने गरेको छ ।
नेपालमा लगानीको अवस्था सुरक्षीत रहेको शन्देश दिने गरी उद्योग स्थापना भएको बताउदै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कृषकले उत्पादन गर्ने कच्चा पदार्थको सहि मुल्य निर्धारण हुने सम्भावना रहेको हुँदा मुल्य भ्याल्लु एडको अवस्थामा सुधार हुने विश्वास ब्यक्त गर्नुभयो ।
प्रत्येक वर्ष नौ अर्व बराबरको मसलाजन्य कच्चा पदार्थ विदेश निर्यात भएपनि १० अर्व बढीको मसला आयात हुने बताउँदै ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डक्टर शरद विक्रम राणाले नेपाल निकासीका लागि टप १० भित्र नपर्ने बताउँदै छिमेकी मुलुक भारत भने नेपाल बाट कच्चा पदार्थ लिएर अग्र स्थानमा रहेको बताउनु भयो ।
अलैंची कच्चा पदार्थको रुपमा दोस्रो देशमा जाने र दोस्रो देशले आफ्नो उत्पादन ब्रान्ड लगाएर तेस्रो मुलुकमा पठाउदा नेपालमा उत्पादन हुने कच्चा पदार्थको सहि सदुपयोग हुन सकिरहेको थिएन । तर बिमली परिवार वाट स्थापना भएको उद्योगले प्रसोधन र बजारिकरणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । कार्यक्रममा युएसएआइडीका प्रतिनिधि जेसन सुक, बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाई, लगायतले मन्तव्य राख्नु भएको थियो ।
उद्योगका निर्देशक पार्वता खरेल विमलीले स्वागत गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन प्रज्ज्वल विमलीले गर्नुभएको थियो भने सञ्चालन केशव भट्टराईले गर्नुभएको थियो ।