बिहिवार, मंसिर ६, २०८१
Sancharmanch

गोपाल गौरीले रोङको एक सामुदायीक विद्यालयमा बाँड्यो न्यानो कपडा र शैक्षिक सामग्री

मङ्गलवार, कार्तिक २७, २०८१
इलाम / गोपाल गौरी दिगो विकास प्रतिष्ठान केन्द्रिय कार्यालय द्वारा इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. १ शान्तिपुर, जुरेमा रहेको श्री देवीगञ्ज आधारभुत विद्यालयका विद्यार्थिहरुलाई शैक्षिक सामग्री साथै न्यानो कपडा वितरण गरेको छ । सोहि अवसरमा पुर्व प्रधानाध्यापक, शिक्षक र हालका प्रधानाध्यापकलाई समेत सम्मान गरेको छ । प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको दोश्रो सन्तानको पुन्य तिथि परेर कार्यक्रम आयोजना गरिएको हो । प्रतिष्ठानले हरेक वर्ष हरिबोधनी एकादशी तिथिमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साधारण सभाको निर्णय अनुसार सामुदायिक विद्यालयहरुको छनौट गरी कार्यक्रम आयोजना गर्ने गरेको छ । गोपालगौरी दिगो विकास प्रतिष्ठानले आफु वडा अध्यक्ष भएको समयमा पनि सामाजिक उत्तरदायित्व अनुसार रचनात्मक काम गरेको कार्यक्रमका प्रमुख अतिथि रोङगाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो सुवासले बताउनु भयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठान निर्माण हुँदाको दुःखद पक्षका बारेमा स्मरण गर्दै रोङ गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमकी विशिष्ट अतिथि विष्णुमाया खवासले पुरै परिवार अर्थात आफ्नो श्रीमान र सन्तानहरु गुमाएर पनि केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले देखाउनु भएको साहस उदाहरणिय रहेको बताउनुभयो । शान्तिपुरमै बसोवास गर्दै विभिन्न काल खण्डमा आफ्ना परिवारका सदस्यहरुको वियोगको दुःख समयसँगको संघर्षमा इन्दिरा शर्माले देखाएको उदारताका प्रशंसनिय रहेको रोङ गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्र शेखर घिमिरेले बताउनुभयो । जिवन एउटा संधर्ष रहेको बताउँदै शान्तिपुर माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महानन्द अधिकारीले गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्षको जिवनीले जुन कुराको उदाहरण पेश गरेको बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले दिवंगत हुनुभएका गोपाल कृष्ण गौतमलाई अध्यापन गराउनुहुने शिक्षक र उहाँका मिलनसार मित्रलाई समेत सम्मान गरेको थिायो । आफ्नै गाउँ वाट आफ्ना परिवारको वियोग भए पनि एउटी महिलाले संस्था सम्हाल्दै समाज सेवाका कार्यक्रम सञ्चालन हुनु स्वभाविक नभएको सम्मानीत स्वर्गिय गौतमका मित्र माधव प्रसाद घिमिरेले बताउनुभयो । कार्यक्रमकै विच विद्यालयको तर्फ वाट प्रतिष्ठानलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालनका लागि सहयोगी भुमीका निर्वाह गर्नु भएका स्थानिय सञ्चारकर्मी पदम विलासीले गोपाल गौरी दिगो विकास प्रतिष्ठान समाज विकासको एउटा अपरिहार्य पिलरको रुपमा विकास भइरहेको बताउनुभयो । कार्यक्रमका विच बिद्यालयमा अध्ययन गर्ने कक्षा नर्षरी देखी कक्षा ८ सम्म अध्ययनरत १०१ जना विद्यार्थीलाई विद्यालय पोषाक ट्र्याक सुट, कापी, पेन्सिल, कटर, इरेजर लगायतका सामग्री वितरण गरिएको थियो । कार्यक्रम सञ्चालन गर्न १ लाख पचपन्न हजार ७ सय खर्च भएको बताइएको छ । इन्दिरा शर्माको अध्यक्षता रहेको कार्यक्रममा रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास) को प्रमुख अतिथ्यता रहेको थियो भने, विशिष्ट अतिथिको रुपमा रोङ गाउँपालिका उपाध्यक्ष बिष्णुमायाँ खवास, विषेस अतिथि द्वय रोङ गाउँपालिका वडा नं. १ अध्यक्ष मनोहरी खड्का, वडा नं. २ अध्यक्ष चन्द्र शेखर घिमिरे, अतिथि कार्यपालिका सदस्य लक्ष्मी नेपाली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ददीराम ढुंगेल, शिक्षक अभिभावक संघ अध्यक्ष लालमान राई, प्रधानाध्यापक वसन्तकुमार कटुवाल, शिक्षक शिक्षिका, विद्यार्थी, शान्तिपुर मा.वि.का पुर्व शिक्षक टेक बहादुर खाती, पुर्व प्रधानाध्यापक हस्तबहादुर कटुवाल, श्रीकृष्ण प्रणामी युवा परिषद कोशी प्रदेश सदस्य तथा सञ्चारकर्मी पदम विलासी लगायत अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रम गोपाल गौरी दिगो विकास प्रतिष्ठान झापा शाखाकी सचिव चन्द्रकला सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर