शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले सरकार बदलिने कुरा निरर्थक हल्ला र भ्रमपूर्ण हल्ला भएको बताउनुभएको हो । उहाँले यस प्रकारको हल्लाका पछाडी कुनै तर्क र अर्थ नभएको बताउनु भयो । उहाँले वर्तमान सरकार बहुमतका साथ अगाडी बढिरहेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘एउटा निरर्थक हल्ला, भ्रमपूर्ण हल्ला अब यो सरकार बदलिन्छ । आज बदलिन्छ । भोलि बदलिन्छ भन्ने खालका जुन कुराहरु छन् । त्यसका पछाडी कुनै तर्क, अर्थ केही पनि छैन । त्यो निरर्थक र भ्रमपूर्ण कुरा हो । अहिलेको सरकार अत्यन्त बहुमतका साथ अगाडी बढिराखेको छ । त्यो भ्रममा नपर्न पनि आजको बैठकले दृढ विश्वास व्यक्त गरेको छ ।’
गृहमन्त्री लेखकले संविधान संशोधन राजनीतिक सहमती निर्माण गरेर गरिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल