बुधवार, असोज ३०, २०८१
Sancharmanch

पनौतीका बाढि पिडितलाई गोपाल गौरीले बाँड्यो राहत

शुक्रवार, असोज २५, २०८१
काठमाण्डौँ, गोपाल गौरी दिगो विकास प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाण्डौले राहत वितरण गरेको छ । प्रतिष्ठानले वाढिमा परेर घरवार विहिन भएका नागरिकहरुलाई खाद्यान्न लत्ताकपडा वितरण गरेको हो । पनौती नगरपालिका वडा नं. १२ काभ्रेपलान्चोकका वाढिमा परेका २० घर परिवारलाई राहत वितरण गरेको प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले बताउनुभयो । रोशी खोलाले पुर्याएको क्षतिवाट पिडित बनेका २० घर परिवारलाई संस्थाले दाखन्न सहितको राहत वितरण गरेको जनाएको छ ।
सम्बन्धित खबर