बुधवार, असोज ३०, २०८१
Sancharmanch

गोपाल गौरी दिगो विकास प्रतिष्ठान केन्द्रको सातौँ बार्षिक साधारणसभा सम्पन्न

आइतवार, भदौ १६, २०८१
काठमाण्डौ/ गोपाल गौरी दिगो विकास प्रतिष्ठान केन्द्रको सातौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रतिनिधी सभाका उप सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले गोपाल गौरी दिगो विकास प्रतिष्ठानले महिलाहरुका लागि राम्रो प्लेटफम सिर्जना गरेको बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानका माहा सचिव बुद्धिराम बन्जाडेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले निश्वार्थ समाज सेवा गर्दै अगाडि वढेको बताउँदै सँस्थाका आजिवन सदस्य साथै झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलाले सँस्थाले धेरै अफ्ठ्यारो परिस्थितिसँग संघर्ष गरेको बताउँदै समाजका लागि उदाहरणिय काम गरेको बताउनुभयो । काठमाण्डौ महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमल कुमार होडाले गोपाल गौरी दिगो विकास प्रतिष्ठान सातौँ बर्ष पार गर्दै ३ वटा प्रदेशमा सञ्चालन गर्न सफल भएको उल्लेख गर्दै संस्थाले माछा दिने भन्दा पनि बल्छि बनाउन र माछा मार्न सिकाउने गरेकोमा खुखी ब्यक्त गर्नुभयो । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा शुभकामना आदाज प्रदानसहित साधारण सभाको आयोजना गरिएको थियो । सँस्था आफु एक्लैले गरेको प्रयासको मात्र प्रतिफल नभएको बताउँदै गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले सबैको सकारात्मक साथ सहयोग र देन रहेको बताउनुभयो । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै शर्माले संस्थाको भावि कार्यक्रम समेत सार्वजनिक गर्नु भएको थियो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रतिनिधी सभाकी उप सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी केन्द्रिय सदस्य गिता न्यौपाने स्वागत गरेको कार्यक्रम सँस्थाकी सचिव मायाँ भण्डारीले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर