बुधवार, असोज ३०, २०८१
Sancharmanch

अर्जुनधारा नगरपालिका वडा नं. १ का अध्यक्ष उपेन्द्र बस्नेतको पहलमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न

सोमवार, भदौ १०, २०८१
झापा/ झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ का अध्यक्ष उपेन्द्र बस्नेतको पहलमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । दुबसु क्षेत्री नेशनल डेभलपमेन्ट फाउण्डेशन काठमाण्डौँको आयोजना तथा अर्जुनधारा १ नं. वडा कार्यालय र एसिया प्यासिफिक लेडीज फ्रेण्डसीप सोसाईटीको तत्ववधानमा अर्जुनधारा नगरपालिका वडा न. १ को वडा कार्यालय सिस्नेमा सोमबार एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा सेवा लिन आउनु भएको अर्जुनधारा १ साधुटारका स्थानिय हरि प्रसाद गौतमले टाढा सम्म प्रगेर उपचार गराउन नसक्ने जेष्टनागरिकहरुलाई शिविरले राहत मिलेको बताउनुभयो । आफ्नै गाउँघरमा शिविर सञ्चालन हुँदा धेरै सहज भएको बताउँदै अर्जुनधारा नगरपालिका वडा नं. १ मदनपुरकी स्थानिय चन्द्रकला बर्देवाले आफुले चस्मा लगाएको १ वर्ष भएको र थप सेवाका लागि अस्पताल जानुपर्ने डाक्टरको सल्लाह पाएको बताउनुभयो । स्थानीय एवम् हाल जापानका लागि नेपालका राजदुत समेत रहनुभएका क्षेत्री र वडा अध्यक्ष बस्नेतको संयुक्त पहलमा नगरको दुर्गम ग्रामिण क्षेत्रमा बसोबास गर्ने साथै उपचार सेवा लिनका लागि उपर्युक्त अस्पतालको सेवा प्राप्त गर्न बन्चित रहेका वडावासीहरुलाई लक्षित गरि शिविरको आयोजना गरिएको वडाध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिनुभयो । १४९ जना पुरुष र १८३ जना महिलासहित जम्मा ३३२ जना नागरिकले शिविर बाट सेवा लिएको मध्ये ७९ जना ज्येष्ठ नागरिक रहेको बताईको छ । जसमा मोतिया विन्दुको अपरेसन गर्नुपर्ने २६ जना विरामीको तथ्याङ्क निकालिएको छ । त्यसै गरी अपरेसन गर्नु पर्ने ३ जनाको आँखामा मासु पलाएको ६५ जना विरामीले पुनः डाक्टरको सल्लाह लिनको लागि फलोअपमा जानुपर्नेगरी समस्या देखिएको बताइएको छ । शल्यक्रियासहित, ल्याब सेवा, औषधी र अस्पतालसम्म पुग्ने यातायात सबै निःशुल्क उपलब्ध हुने बताइएको छ ।
सम्बन्धित खबर