बुधवार, असोज ३०, २०८१
Sancharmanch

उर्जाशील रामधुनी आमा समूहले नाटक गुपचुप प्रदर्शनसँगै सम्मान कार्यक्रम सम्पन्न गर्यो

शुक्रवार, भदौ ७, २०८१
 झापा/ उर्जाशील रामधुनी आमा समूह विर्तामोड झापाले २०८१ सालको हरितालिका तिजको अवसर पारेर जनचेतनामूलक नाटक गुपचुप प्रदर्शन गरेको छ । नाटक प्रदर्शनसँगै विपन्न समुदायका आमा दिदिबहिनीहरुलाई सम्मान साथै कपडा वितरण गरेको हो । दिनदुःखीको सहारा बनिरहेको उर्जाशील रामधुनी आमा समूहले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिका उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले प्रदर्शन गरिएको जनचेतनामुलक नाटक वाट समाजको चित्रण गरिएको र यस प्रकारको परिस्थिति सुधारका लागि सबैले चासो दिनुपर्ने वताउनुभयो । संस्थाकी अध्यक्ष गंगा सिवाकोटी ढकालको लेखन तथा निर्देशनमा तयार पारिको नाटकले समाजमा ब्यप्त लागु औषध दुब्र्यसन एउटा समस्याको रुपमा खडा भएको र यसको नियन्त्रणका लागि सरोकारवाल निकायनै मुख दर्शक भएको कुरा चित्रण गरेको थियो । प्रस्तुत भएको नाटक नाटक मात्र हैन समाजको यथार्य चित्रण गरेको वताउँदै एउटी आमालाई बहुलाउनुपर्ने अवस्थामा पुर्याउने समस्या पहिचान गरि समाधानको उपाय समयमै निकाल्नु पर्ने च्याम्बर्स अफ कमर्ष झापाका अध्यक्ष ओम कृष्ण विमलीले बताउनुभयो । कार्यक्रममा विपन्न समुदायका महिलाहरुलाई सम्मान गर्दै आर्थिक सहयोगसाथै लत्ता कपडा समेत वितरण गरिएको थियो । तिजको दर सहित आयोजना गरिएको कार्यक्रममा समूहकी सदस्य बालादेवी खरेललाई पनि सम्मान गरिएको थियो । सामाजिक विकासका लागि गतिविधि गर्ने गरेको समूहले आम नागरिकहरुलाई दुःखमा सहयोग गर्ने गरेको बताउँदै संस्थाकी अध्यक्ष गंगा सिवाकोटी ढकालले आगामी दिनमा पनि समाज रुपान्तरणका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रमकै विच संस्थाकी सदस्य कला बस्नेतले आफ्नो जन्मोत्सवको अवसर पारेर विपन्न विद्यार्थी सहयोगका लागि रु पाँच हजार सहयोग गर्नु भएको थियोे । त्यसै गरी विर्तामोडमा सञ्चालित फस्ट स्टेप फिटनेस सेन्टर वाट रु दश हजार सहयोग समेत प्राप्त भएको छ । समूहले लत्ता कपडासहित ४० जनालाई नगद सहयोग समेत गरेको छ । त्यसैगरी कार्यक्रमकै अवसर पारेर सामाजिक काम गर्ने उध्येश्यले समूहले अक्षयकोषको स्थापनाको सुरुआत गरेको बताईएको छ । जहाँ सर्वसाधारणका लागि सहयोग गर्न मिल्नेगरी ब्यवस्था मिलाईको कार्यक्रमका विच जानकारी गराइएको थियो । संस्थाकी अध्यक्ष गंगा सिवाकोटी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी सदस्य गंगा लुइटेलले स्वागत गर्नु भएको कार्यक्रम संस्थाकी सचिव टिका प्रसाई मैनालीले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर