बुधवार, असोज ३०, २०८१
Sancharmanch

दारी ग्याङ झापाले ७० प्रिन्ट ब्लड संकलन गर्यो

शुक्रवार, भदौ ७, २०८१
झापा/ दारी ग्याङ झापाको आयोजना, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुधबारेको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारे चोकमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। झापाका अस्पतालहरूमा रगतको अभावलाई परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको दारी ग्याङ झापाले जनाएको छ । रक्तदान कार्यक्रममा सात जना महिलासहित ७० जनाले रगतदान दिएका छन् । जसबाट ७० पिन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको उद्घाटन बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले गर्नुभएको थियो। उहाँले नै आजको कार्यक्रममा सबभन्दा पहिला रक्तदान गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रसाईंले रक्तदान कार्यक्रम आयोजना गरेर दारी ग्याङले अनुकरणीय काम गरेको बताउनुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरेर बुद्धशान्तिबासीका लागि निशूल्क रगत उपलब्ध गराउने गाउँपालिका कार्यालयले नीति नै बनाएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले रगत दान भन्दा ठूलो अरु कुनै दान हुन नसक्ने बताउनुभयो। यो मूल्यवान कार्यक्रमको आयोजना गरेकोमा दारी ग्याङलाई धन्यवाद दिनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बुधबारेका सभापति पुष्प भट्टराईले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरूलाई दारी ग्याङको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । उद्घाटन सत्रमा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी बुद्धशान्ति वडा नः१ का अध्यक्ष अनिल वाग्ले, वडा नः५ का अध्यक्ष डेगेन्द्र कार्की ,वडा नः६ का वडाध्यक्ष शिवराज पौड्याल ,वडा नः७ का वडाध्यक्ष चन्द्र प्रसाद भण्डारी ,नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा सभापति पुष्प भट्टराई ,बुद्धशान्ति उद्योग वाणिज्य संघ अध्यक्ष दिपक सापकोटा ,सशस्त्र बेस क्याम्प टिमाई प्रमुख बिजय महतो,ट्राफिक प्रहरी प्रमुख बुद्धशान्ति लिला श्रेष्ठ ,ससामाजिक ब्याक्तित्वहरु चक्र शेर्मा, मनेश दाहाल ,मदन प्रसाईं , हेमन्त बराल, बुधबारे जेसीज प्रतिनिधि सुजित बराल, गजुहाङ योङहाङ,सहित दारी ग्याङ केन्द्रिय सदस्य नुतन ढकाल ,दारी ग्याङ झापाका पदाधिकारी तथा सदस्य ,विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । नाम सुन्दा ग्याङ अर्थात झगडालु जस्तो भए पनि समाज सुधारका लागि सकारात्मक गतिविधिमा अग्रसर दारी ग्याङले झापामा आफ्ना गतिविधिहरुलाई तिब्रता दिएको दारि ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले बताउनुभयो । दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रमलाई दारी ग्याङ झापाका सदस्य राम जंग भट्टराईले स्वागत गर्नुभएको थियो भने कार्यक्रम दारी ग्याङ झापाका सचीव विवेक सुन्दासले संचालन गर्नु भएको थियो ।
सम्बन्धित खबर