बुधवार, असोज ३०, २०८१
Sancharmanch

बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मंगलबारेमा अस्थायी प्रहरी चौकी उद्घाटन

आइतवार, भदौ २, २०८१
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मंगलबारेमा अस्थायी प्रहरी चौकी उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजनागरी नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ वाट निर्वाचित प्रतिनिधी सभा सदस्य विश्व प्रकाश शर्माले प्रहरी चौकीको उद्घाटन गर्नुभएको हो । उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै संसद शर्माले प्रहरीलाई स्वतन्त्रतापूर्वक शन्ति सुरक्षा कायम गर्ने वातावरण बनाइदिन सवैसँग आग्रह गर्नुभयो । उहाँले मुस्कानसहितको प्रहरी सेवा मात्र नभएर मुस्कान दिने सेवा चाहिने बताउनुभयो । कार्यक्रममा बोल्दै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले जनताको माग अनुरुप अस्थायी प्रहरी चौकी स्थापना भएको बताउनुभयो । उहाँले प्रहरी चौकी स्थापनाका लागि कार्यपालिका बाटै निर्णय गरेर माग गरेको बताउनभयो । साथै चुनाबीताका प्रतिवद्धता जनाएका कार्यक्रम मध्ये यो प्रहरी चौकी स्थापना गर्ने योजना रहेको पनि अध्यक्ष प्रसाईले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले अस्थायी प्रहरी चौकी स्थापनापश्चात सवै किसिमका आपराधीक गतिविधि नियन्त्रण हुने बिश्वास ब्यक्त गर्नुभयो । उक्त अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरिक्षकको कमाण्डामा प्रहरी कर्मचारहिर रहने ब्यवस्था गरिएको छ । प्रहरी चौकी ब्यवस्थापनको खर्च गाउँपालिकाले ब्यहोर्नेगरी ब्यवस्था गरिएको बताइएको छ । नेपाली कांग्रेस झापाका कार्यबाहक सभापती केशब राज पाण्डे, जिल्ला प्रसाशन कार्यालय प्रमुख तथा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बुद्धशान्ती गाउपालिका वडा न ४ का वडा अध्यक्ष शेर बहादुर राय को अध्यक्षता रहेको कार्यक्रममा झापा क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधि सभा सम्सद विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला प्रहरी कार्यलय झापा का प्रमुख मिलन केशी, ससत्र प्रहरी कार्यलय झापाका प्रमुख कबिन्द्र राइ विभिन्न पार्टीका प्रतिनिधिहरु वडा अध्यक्षहरु वडा सदस्य साथै स्थानीय बासी को उल्लेखिय उपस्थिति रहेको थियो । मङलबारे बजार ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर तामाङ्ले स्वागत गर्नु भएको कार्यक्रम कार्यपालिका सदस्य दुर्गा पोख्रेल ढुङेलले सन्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर