बुधवार, असोज ३०, २०८१
Sancharmanch

नेपाल औषधि विक्री प्रतिनिधि मेचीको ५५ औ स्थापना दिवश मनाईयो ।

बिहिवार, साउन ३१, २०८१
झापा/ नेपाल औषधि तथा विक्री प्रतिनिधि मेची इकाइको ५५ औ स्थापना दिशव विविध कार्यक्रमका बिच मनाईएको छ । इकाईको मेची अञ्चल स्थापना दिवशको अवशरमा मोटरसाईकल र्याली सहित अन्र्तक्रिया कार्यक्रको आयोजना गरि कार्यक्रम सम्पन्न भएको हो । झापाको बिर्तामोडमा आयोजित अन्र्तक्रिया कार्यक्रममा विक्री प्रतिनिधिका पदाधिकारीहरुले औषधि विक्री प्रतिनिधिहरुको संगठन नेपालकै पूरानो मध्येको ट्रेड युनियन रहेको भन्दै संगठनले ऐतिहासिक महत्व बोकेको धारण राख्नुभएको थियो । संगठनमा आवद्ध जोकोही सदस्यहरुलाई समस्या परेको बेला मद्धत गर्ने गरेको भन्दै मेचीमा रहेका २ सय सदस्यहरुले औषधि कम्पनी उद्योगलगायतबाट समयमा तलव नपाउने कम्पनीले वढी काम लगाउने लगायातका समस्या आउने गरेको बताइएको छ । कार्यक्रममा केन्द्रिय सचिव डिकेन्द्र रिजाल, केन्द्रिय सदस्य भुपाल निरौला, औषधि विक्री प्रतिनिधि मेचीका संस्थापक अध्यक्ष पञ्च लिम्बु, संस्थापक सचिव विनोद आचार्य, जिल्लाका पुर्व अध्यक्ष एकराज सुवेदी, सल्लाहकार हरि पौडेल लगायातले एम आरहरुको संगठित एकताबाटमात्रै व्यावसायी र सदस्यहरुको हकस्थापित हुन सक्नेमा जोड दिनुभएको थियो । केहि ५/७ जना विक्री प्रतिनिधि बसेर मेचीमा खोलिएको यस संस्थामा हाल २ सय वढी प्रतिनिधिहरु मेचीमा मात्रै संगठित रहेको र संस्थागत रुपमा विभिन्न सामाजिक गतिविधि समेत गदै आएको बताइएकोछ । केक काटेर सुरुभएको नेपाल औषधि तथा विक्री प्रतिनिधिको स्थापना दिवश मोटरसाईकल र्यालीले बिर्तामोड बजार परिक्रमा गर्दै वृक्षरोपण कार्यक्रम सम्पन्न गरी कोण सभामा परिणत भएको थियो । यसैविच पूरानो कार्यसमितिलाई सोही अवशरमा विदाई समेत गरिएको थियो । सचिव दिपेश संग्रौलाले सञ्चालन गरेको कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष हेमन्त निरौलाले स्वागत गर्नुभएको थियो ।
सम्बन्धित खबर