बुधवार, असोज ३०, २०८१
Sancharmanch

नेपाल विद्यार्थी संघ सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति द्वारा क्याम्पसलाई साउण्ड सिस्टम प्रदान

आइतवार, साउन २७, २०८१
झापा/ नेपाल विद्यार्थी संघ सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति इकाई समितिले क्याम्पसलाई एक थान साउण्ड सिस्टम प्रदान गरेको छ । नेपाल विद्यार्थी संघ सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति इकाई समितिले आइतबार एक कार्यक्रमको आयोजना गरेर उक्त स्टेन्जर प्रदान गरेको हो । ने.वि.संघ द्वारा रुः१८ हजार मुल्यको स्ट्रेन्जर बाजा हस्तान्तरण गरेको छ नेपाल बिद्यार्थी संघ झापाका सचिव गोकुल पौडेलले जानकारी दिनुभयो । सोहि कार्यक्रमका विच ३० औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जातीय भेषभुषा सहितको साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । नेपाल विद्यार्थी संघ सीतारमेश क्याम्पस इकाई सभापति सन्तहाङ लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रममा नेविसंघ झापा सभापति संजय निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेविसंघ निवर्तमान केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस झापा जिल्ला सदस्य खड्ग पन्धाक सुब्बा ,नेपाल आदिवासी – जनजाति महासंघ झापा सचीव मोहन माबो, सीतारमेश क्याम्पस संचालक समिति अध्यक्ष जय भण्डारी, नेविसंघ झापा सचीव गोकुल पौडेल, सहायक क्याम्पस प्रमुख नरेन्द्र बराल, नेविसंघ झापा जिल्ला सदस्य राम भट्टराई ,नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराई ,नेपाल आदिवासी – जनजाति महासंघ बुद्धशान्ति सभापति मानबहादुर तामाङ ,नेविसंघ बुद्धशान्ति सचीव प्रकाश शेर्मा र सदस्य अभियान भट्टराईको उपस्थिति रहेको थियो भने औपचारिक तथा साँस्कृतिक दुवै तर्फको कार्यक्रम नेविसंघ सीतारमेश क्याम्पस इकाई सचीव विवेक वाग्लेले संचालन गर्नुभएको थियो । कार्यक्रमका सभापति सन्तहाङ लिम्बुले स्वागत सहित औचित्य माथी प्रकाश पारेको कार्यक्रममा अतिथि वक्ताहरुले विश्व आदिवासी दिवसको शुभकामना सहित विद्यार्थी संगठनको महत्त्व, कार्य, गतिविधि र आवश्यक, देशको वर्तमान परिस्थिति लगायत विषयमा  चर्चा गर्नु भएको थियो ।
सम्बन्धित खबर