बुधवार, असोज ३०, २०८१
Sancharmanch

झापाको बुद्धशान्ति गाउँपालिकाद्वारा गत आर्थिक बर्षको समिक्षा कार्यक्रम सम्पन्न । कर्मचारीको सुझाव कार्यान्वय गर्ने गाउँपालिका अध्यक्ष प्रसाईंको प्रतिवद्धता ।।

शुक्रवार, साउन २५, २०८१
झापा/ झापाको बुद्धशान्ति गाउँपालिकाले गत आर्थिक बर्षको पालिकास्तरीय वार्षिक समिक्षा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा कार्यालयका विषयगत शाखा तथा उपशाखाका प्रमुख, सामान्य प्रशासन शाखा अन्तर्गत सातवटै वडाका वडासचिवहरुले गत आर्थिक बर्षमा गरिएका कामका प्रगति तथा चालु आर्थिक बर्षमा सुधार गर्नुपर्ने सेवा तथा कामका प्रकृतिका बारेमा सुझाव राख्नुभएको थियो । कर्मचारीहरु द्वारा प्रस्तुत सुझाव कार्यान्वयनमा लैजाने गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ‘आर्थिक प्रशासन शाखा प्रमुख अनिल घिमिरे, राजश्व प्रशासन उपशाखा वाट शशि पनेरु, योजना तथा अनुगमन शाखा अन्तर्गत वन तथा वातावरण उपशाखा र विपद तथा फोहोरमैला ब्यवस्थापन उपशाखाको तर्फ बाट शिव श्रेष्ठ, सामान्य प्रशासन, सहकारी तथा संघ संस्था शाखा प्रमुख देवेन्द्र कटुवाल, पूर्वाधार विकास शाखा प्रमुख विक्रम दाहाल, सूचना प्रविधि शाखा प्रमुख तोषराज ठाकुर, उद्यम विकास कार्यक्रम प्रमुख मदनकुमार कँडेल, स्वास्थ्य शाखा वाट धिरेन्द्र कुमार यादव, भागिरथा बुद्धशान्ति अस्पताल वाट नारायण प्रसाद बुढाथोकी, शिक्षा, युवा खेलकुद तथा समाज कल्याण शाखा अन्तर्गत शिक्षा, युवा खेलकुद शाखा बाट कमल प्रसाद निरौला, महिला वालवालिका तथा समाज कल्याण उपशाखा बाट मिना विष्ट, सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखा बाट मेनुका ढकाल, प्रधानमन्त्री रोजगार कार्यक्रम बाट दिपा देवी उपाध्याय, कृषि विकास शाखा बाट कृष्ण प्रसाद ढुंगेल, पशुपन्छि तथा मत्स्य विकास शाखा बाट कैलाश प्रसाद सिंह, कानून तथा अभिलेख ब्यवस्थापन शाखा बाट निर्मला घिमिरे, आयुर्वेद स्वास्थ्य केन्द्र बाट पुरन लहेरी, जिन्सी व्यवस्थापन तथा खरिद उपशाखा बाट भिष्म सिटौला लगायतले गत आर्थिक बर्षमा गरिएका कामका प्रगति र भावी दिनमा गरिने काममा सुधार गर्नुपर्ने पक्षका बारेमा प्रस्तुति राख्नुभएको थियो । प्रगति विवरण पेश गरेपछि चालु आर्थिक बर्षमा काम गर्न सहज हुने र नीति निर्माणको काममा ढोका खुल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले समिक्षा कार्यक्रमले आगामी दिनमा काम गर्न सहज हुने बताउनुभयो । गाउँपालिकाले गरेका कामहरूको प्रगति अब देखिन थालेकाले कार्यालयबाट प्रदान गरिने काम तथा सेवा अझ प्रभावकारी हुनुपर्ने गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताउनुभयो । उहाँले समिक्षा कार्यक्रम सफल बनाउन जुटेका सबै कर्मचारीलाई धन्यवाद दिनुभयो । समिक्षा कार्यक्रम कुनै पनि परियोजना, कार्यक्रम, योजना, वा कार्यहरूको प्रगति, प्रभावकारिता, र परिणामहरूको समीक्षा गर्ने प्रक्रिया हो । यसमा कार्यक्रमको लक्ष्य प्राप्ति, प्रभाव, र दीर्घकालीन प्रभावहरूको मूल्याङ्कन गरिएको छ । बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा गाउँपालिकामा रहेका विभिन्न राजनितिक दलका स्थानिय पदाधिकारी साथै प्रतिनिधिलाई समेत सहभागिता गराएको थियो । कर्मचारीको प्रस्तुतिकरण पश्चात राष्ट्रिय प्रजातन्त्र पार्टि बाट गणेश खरेलले गाउँपालिकाले आयोजना गरेको कार्यक्रम बाट पालिकाका गतिविधिका बारेमा राम्ररी बुझ्ने मौका मिलेको बताउनुभयो । साथै यस प्रकृतिका कार्यक्रम चौमासिक रुपमा सञ्चालन गर्न जरुरी रहेको बताउँदै कार्यक्रम लामो भएको हुँदा दुइ दिवशीय रुपमा सञ्चालन गर्न सके अझ्झ प्रभावकारी हुने बताउनुभयो । नेकपा माओवादी केन्द्र बुद्ध शान्तिका प्रतिनिधी डिल्लिराम श्रेष्ठले कार्यक्रम कार्यान्वयनको चरणमा देखिएका कमी कमजोरीहरुलाई समाधान गर्नका लागि पालिकाले ध्यानपूर्याउन आवश्यक रहेको बताउनुभयो । जनता समाजबादी पाटी बुद्धशान्तिका दुर्गा नेम्बाङले गाउँपालिकाले सञ्चालन गरेको बार्षिक समिक्षा कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टि एमाले बुद्धशान्तिका धरणीधर पोख्रेलले कार्यक्रम सञ्चालनका लागि समय प्रयाप्त नभएको बताउँदै शाखागत समस्या समाधानका लागि पालिकाले बजेट ब्यवस्थापन मार्फत सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो । साथै उहाँले गाउँपालिका भित्र ब्यवसायीहरुको संख्या बढिनै भए पनि कम ब्यवसायहरु दर्ता भएका कारण दर्ता कार्यान्वयनको पक्षलाई मजबुत बनाउन सके आन्तरिक आम्दानी हुने कुरामा ध्यान पुर्याउन पालिकालाई आग्रह गर्नुभयो । सामान्य प्रशासन शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रम गाउँपालिका अध्यक्ष मनोज प्रसाईको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सहजिकरण सामान्य प्रशासन शाखा प्रमुख देवेन्द्र कटुवालले गर्नु भएको थियो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, विभिन्न राजनितिक दलका पदाधिकारी तथा प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर