बुधवार, असोज ३०, २०८१
Sancharmanch

कारितासको सहयोगमा सुरुङ्गा ड्राईभिङ सेन्टरले निशुल्क ड्राईभिङ सिकाउने

शुक्रवार, साउन २५, २०८१
कनकाई /कनकाई नगरपालिकामा सञ्चालन भएको सुरुङ्गा एण्ड दोमुखा ड्राईभिङ सेन्टर कनकाईले कनकाई नगरपालिकाका बिपन्न तथा अशक्त, आदीवाशी जनजाति समुदायका नागरिकहरुलाई छनौट गरि हरेक बर्ष निशुल्क ड्राईभिङ शीप सिकाउने भएको छ । कारितास नेपालको सहयोगमा सञ्चालन हुने निशुल्क तालिममा यस बर्ष १२ जनाले लाभ लिने पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी बताइएको छ । सुरुङ्गा ड्राईभिङ सेन्टरका सञ्चालक सुर्यप्रसाद चम्लगाईले निशुल्क ड्राईभिङ सहितका शीपहरु कनकाई नगरपालिका साथै जिल्लाका अन्य नागरिकहरुलाई लक्षित विभिन्न कार्यक्रमहरु मार्फत सम्बोधन गर्ने घोषणा गर्नुभयो । जस अन्तर्गत कनकाई नगरपालिकाका ९ वटै वाडाबाट छनौटमा पर्नुभएका बिपन्न, असक्त असाहाय तथा आदीवाशी जनजाति समुदायका नागरिकहरुलाई हरेक बर्ष ३ लाख रुपैँया बराबरको निशूल्क ड्राईभिङ कोर्ष गराउने घोषणा गरिएको छ । यसबर्षबाट सुरु गरिएको उक्त कार्यक्रममा यस बर्षमा भने सिक्नेहरु मध्ये उत्कृष्ट ६ जनालाई रोजगारीको समेत व्यावस्था ड्राईभिङ सेन्टरले गरिदिने बताइएको छ । ड्राईभिङ सेन्टरले यसै बर्षबाट जिल्लाभरमा कोहीपनि नागरिक सडक दुर्घटनामा परेको खबर आएमा अस्पतालसम्म निशूल्क पुर्याउने र अस्पतामा रगतको आवश्यकता परेको खण्डमा समेत उपलब्ध गराइने पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ ।   सुरुङ्गामा १६ बर्षअगाडिदेखि सञ्चालनमा आएको सुरुङ्गा एण्ड दोमुखा ड्राईभिङ सेन्टरमा नियमित रुपमा सवारी सिक्नेहरुको रक्त समुह समेत आफिसको रेकर्डमा रहने हुँदा रगतको आवश्यकता परेका बिरामीहरुलाई रगतको उपलब्धताका लागि समेत सहयोग गर्ने पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर जानकारी गराईएको छ । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण अभिषेक मिश्रले गर्नुभएको थियो ।
सम्बन्धित खबर