बुधवार, असोज ३०, २०८१
Sancharmanch

प्रमोद सिटौलालाई स्वागत नेपाल र नेती नेपालले बेपत्ता पारेको परिवारको गुनासो

शुक्रवार, साउन २५, २०८१
बिर्तामोड / सम्पर्कबिहीन भएका प्रभु बैंक बिर्तामोडका कर्मचारी प्रमोद सिटौलाकी श्रीमती एलिसा (बुढाथोकी) सिटौला र आमा पवित्रा सिटौलाले छोराको खोजी गरिदिन आग्रह गरेकी छन् । बिहिबार बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर छोरालाई घरबाटै लैजाने तीन जना व्यक्तिहरुलाई छोरा ल्याइदिन आग्रह गर्नुभएको हो । मेरो छोरालाई घरबाटै लैजानेहरुले जस्तो अवस्थामा रहेपनि उपस्थित गराइदिनुपर्छ । छोराले कारोवारमा कुनै गल्ती कमजोरी गरेको भए त्यसलाई कानुनी कारबाही होस्, आमा पवित्राले भन्नुभयो – मलाई छोरा चाहियो, गल्ती गरेमा कारबाही होस् । सिटौला परिवारले छोरा हराएको ९ दिन भइसकेको जनाएको छ । पत्रकार सम्मेलनमा श्रीमति एलिसा बुढाथोकीले आफ्नो श्रीमानलाई टिकाराम नेपाल ‘नेती’, स्वागत नेपाल र तुलसी उप्रेतीले घरबाटै लगेको जानकारी दिनुभयो । उहाँले श्रीमान लैजानेहरुसँग माग गरेकी छन्, मेरो श्रीमान चाहियो । उहाँका अनुसार साउन १६ गते विहान ८ः३० बजे ३ जनाले श्रीमान प्रमोद सिटौलालाई कार्यालय छोडिदिने भन्दै अधिबक्ता स्वागत नेपालसहितको टोलिले लगेका थिए । श्रीमानले आफ्नै गाडिमा जाने भन्दाभन्दै उनीहरुले कारमा बसाएर जबरजस्ति घरबाट लगेको बताउनुभयो । प्रभु बैंक बिर्तामोडमा मञ्जु कुमारी नेपालको नाममा रहेको खाताबाट जम्मा गरिएको १ करोड १० लाख ४३ हजार रुपैयाँ गायव भएको नेपाल परिवारले यसअघि नै सार्वजनिक गरिसकेको छ । उनीहरुले बैंकमा रकम जम्मा गरेको सबै प्रमाण आफुहरुसँग सुरक्षित रहेको भन्दै सार्वजनिक नै गरिसकेका छन् । उक्त प्रमाणबारे बैंकले सबै कागजातहरु नक्कली भनिसकेको छ । असार २७ गते विवाह गरेका सिटौला विवाहको २१ दिनपछि सम्पर्क विहीन भएको परिवारको भनाई छ । उनीहरुले कारोवारमा भए कारबाही गर्न कुनै बाधा नगर्ने बताएका छन् । बैंकसँग जोडिएको विषयमा नेपाल पक्षले कानुन नै हातमा लिएको सिटौला पक्षको दावी छ । सिटौला पक्ष भन्छन् – बैंकसँगको कारोबारका विषयमा घरबाटै अपहरण शैलीमा उठाइनु बेठिक भयो । श्रीमानको खोजीका विषयमा केहि कानून ब्यवसायीले स्वागत नेपालको नाम सुन्ने बित्तिकै लेख्न नमानेको र उजुरी लेख्दा पनि नाम हटाएर लेख्न चाहेको बताइएको छ । प्रहरी प्रशासनले समेत असहयोग गरिरहेको परिवारको आरोप छ । प्रहरीमा उजुरी लिएर जाँदा कानून ब्यवसायीले लेखेको निबेदनलाई दर्ता नगरी कार्यालय भित्र प्रहरी आफैँले निबेदन लेखिदिएको परिवारको गुनासो छ । प्रहरी प्रशासनले छोराको खोजीमा सहयोग गर्न सकेको छैन, बैंकले पनि धेरै चासो नदिएको उनीहरुको गुनासो छ ।
सम्बन्धित खबर