बुधवार, असोज ३०, २०८१
Sancharmanch

बिर्तामोड खानेपानीले नयाँ प्लान्ट बाट नगरको वडा नं. ९ र १० का लागि खानेपानी बिस्तार गर्यो ।

सोमवार, साउन २१, २०८१
झापा / विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विराट भरत विश्रान्तिको कम्पाउण्ड बाट पनि खानेपानी बितरण गरेको छ । एक महिना अघि मात्र निर्माण मात्र सुरु भएको आयोजना निर्माण सम्पन्न भए पछि आइतबार वाट पानि सुचारु गरिएको हो । आफ्नो वडाका नागरिकहरुलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उध्येश्य अनुसार बिर्तामोड खानेपानी संस्थाले नयाँ प्लान्ट स्थापना गरेकोमा बिर्तामोड नगरपालिका वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङले संस्थालाई धन्यवाद दिनुभयो । निर्माण भएको नयाँ प्लान्टमा फोर्स पुर्याउन उपकरण सहित २ वडा फिल्टर जडान गरिएको छ । उक्त प्लान्ट वाट बिर्तामोड नगरपालिका वडा नं. ९ र १० का उपभोक्ताको मागलाई सम्बोधन गरिने विर्तामोड साना शहरी खाने पनी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले बताउनुभयो । बिराट भरत विश्रान्तिमा पौराणिक कुराको समेत सम्बन्ध रहेको बताउँदै संस्थाका कोषध्यक्ष कुल प्रसाद संग्रौलाले पिउने पानिको बोरिङ स्थापनाका लागि खानेपानी संस्था वाट प्रस्ताव आएसँगै महत्वपुर्ण महसुस गरेर जमिन प्रदान गरेको बताउनुभयो । विर्तामोड नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नगरका विभिन्न दातृ निकायहरुको सहयोगमा नयाँ प्लान्ट स्थापनाका कामहरु धमाधम अगाडि वढाएको छ । सोहि सहकार्य अन्तर्गत विराट भरत विश्रान्तिको सहयोगमा प्लान्ट स्थापना गरिएको छ । पानि वितरण कार्यपनि एक पवित्र कार्य भएका कारण विराट भरत विश्रान्तिले पनि सहयोग गरेको बिराट भरत विश्रान्तिका अध्यक्ष डिल्लि प्रसाद प्रसाईले बताउनुभयो । बिर्तामोड साना शहरी खानेपनी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाको सम्योजकत्वमा स्थापना भएको स्वच्छ पिउने पानी तिरण प्लान्ट निर्माणका लागि १ करोड १५ लाख खर्च भएको संस्थाका ब्यवस्थापक खड्ग राज गिरीले बताउनुभयो । जसमा डिप कोरिङ, फिल्टर प्लान्ट, कम्प्रेसर, बोरिङ पम्प, विद्युत ट्रन्सफर्मर, बिद्युत विस्तार उपकरण, पाइप लाईन विस्तार, घेरावारा तथा टहरो निर्माण, डोल्जिङ पम्प आदिमा खर्च भएको संस्थाका सचिव पारसमणी मैनालीलले जानकारी दिनुभयो । बिराट भरत विश्रान्तिको परिसर वाट सुचारु भएको शुद्ध पिउने पानि बितरणका लागि आइतवार बाट शुभ साईत गर्दै नियमित बितरण सुरु गरेको छ ।
सम्बन्धित खबर