बुधवार, असोज ३०, २०८१
Sancharmanch

गुरुदेव कामतलाई सम्झेर ह्यारिले मनाए ५ दिन शोक

सोमवार, साउन २१, २०८१
झापा/ नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा २०८१ श्रावण १७ गते निधन भएको थियो । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहनसभएका कामदको आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डामा रहेर उहाँले लहानस्थित अस्पतालमा डायलासिस गराई रहनु भएको थियो । डायलासिसको भरमा रहनु भएका कामदलाई अन्तत भगवानको प्यारो हुनु शिवय कुनै विबल्प रहेन । यता  गितकार तथा संगितकार हरि दाहालले भने आफ्नो गुरुको रुपमा लिनु भएका कामदको निधन प्रति गहिरो समबेदना अर्पण गर्दै ५ दिन सम्म एक छाक खाएर गुरुको नाममा दियो बाल्दै शोक मनाउनु भएको छ । मानिसको शुक्ष्म आत्ममा जुन कुराको असर हुन्छ त्यसका लागि श्रद्धा रहनु सामान्य कुरा भएको बताउँदै आफ्नै बाबु आमाको निधनमा समेत नुन नवार्ने छोराछोरी पनि यसै दुनियामा रहेको भए पनि हरि दाहालले श्रष्टाहरुका लागि गर्नु भएको श्रद्धा प्रसंसनिय रहेको अधिबक्ता पुन्य प्रसाद सिवाकोटीले बताउनुभयो । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको  २०८० साल फागुण १४ गते सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन हुनुभएका भजन शिरोमणीको शोकमा पनि हरि दाहाल उर्फ ह्यारीले पूर्वको पवित्र धाम कनकाई तटमा रहेको कोटि होममा ५ दिन सम्म एक छाक खाएर नुन बार्नु भएको थियो । आफ्नै पिता माताको श्राद्ध नगर्ने सन्तानहरु पनि यसै देसमा रहेको भए पनि हरि दाहाल उर्फ ह्यारीले यस्तो श्रद्धा भक्तिकासाथ देखाउनु भएको भक्तिले एउटा असल संस्कारको विकास भएको र यसलाई एउटा शिक्षाका रुपमा लिनु पर्ने पेसागत संगितकर्मी बिमल बुढाथोकीले बताउनुभयो । ह्यारी नेपाली गित संगितमा एक पोख्त संगितकारका रुपमा परिचित हुनुहुन्छ । उहाँलाई झट्ट भेट्दा जो कोहिले कस्तो खरो स्वभावको संगितकार भनेर पनि चिन्ने गर्छन । तर उहाँको झट्ट बुझ्दाको स्वभाव र ब्यवहारीक संगतमा परिसके पछिको उहाँको स्वभावमा आकाश जमिनको फरक छ । संगितकार गुरुदेव कामदको निधनमा ५ दिन सम्म निष्टापूर्वक बार्नु भएका ह्यारीले पुरोहित पढाएर दान दक्षिणा सहित नुन फुकाउने कर्म गर्नु भएको छ । निष्ठावान संगितकार हरि दाहाल उर्फ ह्यारी बाटोमा हिँड्दा हिँड्दै भेटेको लासलाई पनि आफु संझेर प्रार्थना गर्ने गरेको अनुभव उहाँसँग छ । हिन्दु धर्मावलम्बिहरुमा मानिसको मृत्यु पश्चात संस्कारका लागि १३ दिन सम्म नुन नखाई कोरो बारेर बस्ने र श्रद्धा भक्तिकासाथ दशकाद कर्म गर्ने चलन छ । कहि कतै आफन्तको मृत्यु संस्कारमा १० दिन, ५ दिन एक छाक खाएर जुठो बार्ने चलन पनि छ । सुनेर थाहा पाए सम्म ब्रतबन्धमा गायत्री मन्त्र सुनाउने गुरुहरुको जुठो वार्ने चलन पनि छ । तर संगित कर्मी हरि दाहाल उर्फ ह्यारीले आफ्ना संगित गुरुहरु प्रति देखाउनु भएको श्रद्धा सुमन अव आउने नयाँ पिडिका लागि एउटा उदाहरणीय पाठ बन्ने देखिएको छ ।
सम्बन्धित खबर