बुधवार, असोज ३०, २०८१
Sancharmanch

गोपालगौरीले सुरु गर्यो झोला बनाउने आफ्नै गार्हमेन्ट

मङ्गलवार, साउन ८, २०८१
झापा/  गोपाल गौरी दिगो विकास प्रतिष्ठानले आफ्नै गार्हमेन्ट उद्योग स्थापना गरेको छ । संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरेर शिवसताक्षी नगरपालिका वडा नं. ११ भिलभिलेमा उद्योग स्थापना गरेको हो । सोहि अवसरमा आफ्नै भवनमा विगत १ महिनादेखी सञ्चालनमा रहेको ढाका बुनाई तालिममा सहभागिलाई प्रविधि हस्तान्तरणसँगै समापन गरेको छ । एक महिनासम्म सञ्चालन भएको तालिम समापन कार्यक्रममा बोल्दै तालिममा सहभागि सानु गजमेरले थप तालिमको लागि समेत गोपालगौरी समक्ष आग्रह गर्नु भयो । कोशी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन भएको ढाका बुनाई तालिममा सहभागिहरुले थप समयको माग गरेको सन्दर्भमा घरेलु तथा शाना उद्योग कार्यालय झापा बाट सहयोग गर्ने बताउँदै कार्यालय प्रमुख प्रेम प्रसाद सापकोटाले अन्य निकायले पनि प्रतिष्ठानलाई सहयोग गर्नु पर्ने बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले स्थानिय सरकारले गर्नु पर्ने काम गरेको भन्दै शिवसताक्षी नगरपालिका वडा नं. ११ का अध्यक्ष बहादुर आङ्वोले संस्थाले गरेका कामहरुको प्रशंसा गर्नुभयो । तालिम भनेको दक्षता हाँसिल गर्ने कला भएको उल्लेख गर्दै कनकाई नगरपालिका नगर उप प्रमुख आशा सिवाकोटीले शिपलाई रोजगारसँग अनि रोजगारलाई प्रविधिसँग र प्रविधिलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्नका लागि आवश्यक भएको बताउनुभयो । महिलाहरुले घर परिवारको काम सकाएर प्राप्त गरेको शीपलाई दक्षता हाँसिल गर्न धैर्यताको आवश्यकता रहेको बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानका झापा शाखा अध्यक्ष भद्रकुमार दुमी राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कनकाई नगरपालिका उप प्रमुख आशा सिवाकोटी रहनुभएको थियो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्मा, ढाका बुनाई तालिममा सहभागी प्रशिक्षर्थी, गोपाल गौरी दिगो विकास प्रतिष्ठानका आजिवन सदस्यहरु, झापा शाखाका पदाधिकारी, वडाका जन प्रतिनिधी लगायतको उपस्थिति रहेको कार्यक्रमलाई गोपाल गौरी दिगो विकास प्रतिष्ठान झापा शाखाकी उपाध्यक्ष भगवती गुरागाईले स्वागत गर्नुभएको थियो भने झापा शाखाकी सचिव चन्द्रकला सापकोटाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।  
सम्बन्धित खबर