बुधवार, असोज ३०, २०८१
Sancharmanch

देशै भरका खानेपानी उपभोक्ता संस्थाहरु लाई सफ्टवेर मार्फत सेवा दिदै दियालो टेक्नोलोजी

आइतवार, साउन ६, २०८१
झापा/ झापाको विर्तामोडमा खानेपानी उपभोक्ता संस्थाहरुका पदाधिकारी साथै कर्मचारीहरुका लागि पानि वितरण प्रणालीलाई सफ्टवेर मार्फत सेवा सञ्चालन सम्बन्धि एक दिवसिय प्रशिक्षण शिविर सञ्चालन भएको छ । दियालो टेक्नोलोजी प्रा.लि.ले स्वचालित खानेपानी ब्यवस्थापन प्राणली सम्बन्धित प्रशिक्षण शिविर सञ्चालन गरेको हो । दियालो टेक्नोलोजी प्रालिले खानेपानी संस्थाहरुका लागि सञ्चालनमा ल्याएको सफ्टवेर मार्फत संस्थाहरुलाई काम गर्न सजिलो भएको बताउँदै झापा बुद्धशान्ति गाउँपालिकामा सञ्चालित होक्से खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी ब्यवस्थापक संगिता रिजालले पारदर्शीताका लागि समेत सहयोग पुगेको बताउनुभयो । दियालो टेक्नोलोजीले प्रयोगमा ल्याएको सफ्टवेर मार्फत खानेपानी सञ्चालनका लागि विभिन्न क्षेत्रमा सहयोग पुग्ने बताइएको छ । यासोक सुख्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाका महासचिव जकेन्द्र लावतीले सफ्टवेर मार्फत पारदर्शीता सँग सँगै उपभोक्ताले तिर्नु पर्ने महशुल साथै समस्या देखिएको वितरण प्रकृयाको समस्या समाधानका लागि समेत सहयोग पुगेको बताउनुभयो । दियालो टेक्लोजोजिले निर्माण गरेको सफ्टवेर तथा वितरण गर्ने हार्डवेयरका प्रविधिहरु मार्फत देसै भरका खानेपानी वितरण गर्ने आयोजना साथै संस्थाहरुले हरेक वर्ष हुने ठुलो धन राषीको क्षति कम भएको बताइएको छ । साथै खानेपानी वितरण गर्ने संस्थाहरुका लागि सहयोग गर्ने दियालो टेक्नोलोजि कम्पनी देसकै नम्कर १ मा पर्ने वताउँदै विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका ब्यवस्थाक खड्गराज गिरिले कम्पनीले थप सेवा विस्तारका लागि परिमार्जित ल्याव टेष्टसहितका सुविधाहरु विस्तार गर्न अनुरोध गर्नुभयो । कम्पनीले नविनतम प्रविधिको विकास गर्दै खानेपानी संस्थाहरुका लागि सफ्वेयर वितरण सगँ सँगै आवश्यक तालिमहरुको समेत ब्यवस्थापन गर्दै आएको छ । सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भिम प्रसाद अधिकारीले खानेपानी संस्थाहरुका लागि दियालो टेक्नोलोजीले दिएको सेवा र सफ्वेरको माध्यम वाट धेरै काम गर्न सजिलो भएको बताउनुभयो । दियालो टेक्नोलोजीका प्रमुख ब्यापार अधिकृत रोशन गौतमले शहजिकरण गर्नु भएको कार्यक्रममा कम्पनीका इन्जिनियर सपन बोगटीले प्राविधिक पक्षका वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा झापा जिल्लामा रहेका खानेपनी संस्थाहरुका पदाधिकारी, कर्मचारी साथै पाँचथर जिल्लाका खानेपानी आयोजनाका पदाधिकारी, दियालो टेक्नोलोजीका उत्तम खड्का, लक्ष्मण जोशी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन दियालो टेक्नोलोजीका कैलाश शर्माले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर