बुधवार, असोज ३०, २०८१
Sancharmanch

झापाको कनकाईमा मेडपा कार्यक्रम अन्तर्गत झोला बनाउने तालिम समापन

बिहिवार, साउन ३, २०८१
झापा/ झापाको कनकाई नगरपालिकामा झोला बनाउने एड्भान्स तालिम समापन भएको छ । कनकाई नगरपालिका वडा नं. ८ र ९ का उद्यमी महिलाहरुका लागि तालिम सञ्चालन भएको हो । गोपाल गौरी ह्याण्डीक्राफ्ट एण्ड बुटिक प्रा.लि.ले सञ्चालन गरेको तालिम बाट १० जना महिलाहरु लाभान्वित हुनुभएको छ । तालिम छोटो अवधिको भए पनि प्रभावकारी रहेको साथै तालिमा आवश्यक सम्पूर्ण सामग्री साथै कच्चा पदार्थ सहज रुपमा उपलब्ध भएको तालिममा सहभागी विष्णु चेम्जोङ मगरले बताउनुभयो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत रु एक लाख बजेट ब्यवस्थापन गरेर सञ्चालन भएको तालिम वडा नं. ८ को सभाहलमा सञ्चालन भएको थियो । विगतमा सञ्चालन भएको तालिममा केहि कम्जोरी भए पनि हालको तालिम बाट प्रभावकारी रहेको तालिममा सहभागि दुर्गा फुयल दाहालले बताउनुभयो । सञ्चालन भएको तालिम वाट राम्रो उत्पादन गर्न सक्ने शीपको विकास भएको बताउँदै कनकाई नगरपालिका रोजगार शाखा प्रमुख सरोज मैनालीले मेडपा कार्यक्रम अन्तर्गत ढिलोगरी बजेट ब्यवस्थापन भएका कारण तालिम सञ्चालनमा ढिलाई भएको बताउनुभयो । शीप सिकेका उद्यमहिरुले उत्पादन गर्नु भएका गुणस्तरिय सामग्रीको बजारिकरणका लागि समस्या नहुने बताउँदै कनकाई नगरपालिका योजना शाखा प्रमुख जमुना कटुवालले तालिममा सहभागिता जनाउँदा आफ्नो क्षेत्र निर्धारण गरेर एउटा शीपमा दक्ष हुन सहभागिहरुलाई आग्रह गर्नु भयो । आफुले कलेज पढ्दाका बखत सिलाई कटाई सिकेको तवाउँदै नगर उपप्रमुख आशा सिवाकोटीले कनकाई नगरपालिका भित्रका बिद्यालयहरुमा आफुले निर्माण गरेका गुणस्तरिय ब्यागहरुलाई बजारिकरण गर्नका लागि अगाडि वढ्न आग्रह गर्नुभयो । गरिबिनिवारणको कार्यक्रम मार्फत अति विपन्न परिवार लाभान्वित हुनका लागि कमै मात्र सहभागि हुने गरेको बताउदै कनाई नगरपालिका वडा नं. ८ का अध्यक्ष लिला बहादुर कटुवालले आफैँ लागेर सूचना प्रभाह गर्दै सहभागिता बढाउन प्रयास भइरहेको बताउनुभयो । कनकाई नगरपालिका वडा नं. ८ र ९ का पहिले बेसिक तालिम प्राप्त १० जना महिलाहरुले प्राप्त गर्नु भएको एड्भान्स तालिम बाट गुणस्तरिय झोलाहरु निर्माण भएका छन् । नगरपालिका वाट प्रदान गरेको शीपलाई ब्यवहारीक बनाउँदै सहभागिहरुले गुणस्तरिय सामग्री उत्पादनमा जोड दिन सके बजारिकरणको समस्या समाधानमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले सहयोग गर्ने बताइएको छ । कनकाई नगरपालिका वडा नं. ८ का अध्यक्ष लिला बहादुर कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा कनकाई नगरपालिका नगर उप प्रमुख अशा सिवाकोटीको आतिथ्यता रहेको थियो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्मा, कनकाई नगरपालिका वडा नं. ८ का सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमलाई गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी झापा साखा अध्यक्ष भगवती गुरागाईले स्वागत गर्नु भएको थियो भने कार्यक्रम झापा शाखाकी सचिव चन्द्रकला सापकोटा (कमला) ले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर