बुधवार, असोज ३०, २०८१
Sancharmanch

बुद्धशान्तिमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न एक दिवशीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

मङ्गलवार, साउन १, २०८१
झापा/ झापाको बुद्धशान्तिमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न एक दिवशीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सञ्चालनका लागि बुद्धशान्ति गाउँपालिका र करुणा फाउण्डेसनविच आइतबार सम्झौता भए बमोजिमका गतिविधि सञ्चालन गर्नका लागि सरोकारवाल निकायका लागि जानकारी दिने उध्येश्य अनुसार कार्यक्रम सञ्चालन भएको हो । गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी भागिरथा बुद्धशान्ति अस्पतालका स्वास्थ्यकर्मी लगायतलाई कार्यक्रम सञ्चालनको प्रकृया र सञ्चालन गरिने गतिविधिका बारेमा जानकारी गराउने उध्येश्य अनुरुप कार्यक्रम सञ्चालन गरिएको करुणा फाउण्डेसनका बरिष्ठ ब्यवस्थापक कमल कोइरालाले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष प्रसाईले कार्यक्रमलाई सफल बनाउन बुद्धशान्ति गाउँपालिकाका आम नागरिक, कर्मचारी सञ्चारकर्मीलगायतले सकारात्मक सहयोग गर्न सम्पूर्ण पक्षलाई आग्रह गर्नुभयो । उहाँले अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि संस्था र पालिकाविच भएको सम्झौताले एउटा परिणाममुखी नविन प्रयासको सुरुवात हुने विश्वास ब्यक्त गर्नुभयो । अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि करुणा फाउण्डेसनले कोशी प्रदेसका १४ वटै जिल्लामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने जनाएकोछ । कार्यक्रम सञ्चालका लागि सामाजिक विकास मन्त्रालय, पालिका र करुणाको लागत त्रिपक्षिय साझेदारी रहनेछ । अपाङ्गता हुनबाट जोगाउन जन्मजात रोकथाम, भएका व्यक्तिहरुको पुनःस्थापना र सेवा प्रवाह गर्ने संस्थाहरुको सुदृढिकरणका विषयमा प्रमुखरुपमा काम गर्ने संस्थाले जनाएको छ । बुद्धशान्तिमा मात्रै राष्ट्रिय जनगणना २०६८ अनुसार १ हजार २ सय ९९ सय जना अपांगता भएका व्यक्ति रहेको तथ्याङ्कमा उल्लेख छ । जस मध्ये ५ सय ६८ जनाले गाउँपालिका बाट परिचयपत्र लिएकाछन् । रोतो परिचय पत्र प्राप्त गर्नेको संख्या १ सय २६, निलो परिचय पत्र प्राप्त गर्ने ३ सय १०, पहेँलो परिचय पत्र प्राप्त गर्ने ९३ र सेतो परिचय पत्र प्राप्त गर्ने ३९ जना रहेकाछन । परिचयपत्र प्राप्त गर्ने मध्ये २ सय ५५ जना महिला रहेका छन भने ३ सय १३ जना पुरुष रहेकाछन् । करुणासंगको सम्झौता अवधि ३ वर्षको रहनेछ । बुद्धशान्तिमा कार्यक्रम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयको २३ लाख ५१ हजार, बुद्धशान्ति गाउँपालिकाको २३ लाख ५१ हजार र करुणा फाउण्डेसनको २३ लाख ५१ हजार रुपैयाँ बजेट रहेको जनाईएको छ । सम्झौता साउन १ गतेदेखि लागू भएको जनाइएको छ । प्रत्येक पालिकामा आवश्यकताको आधारमा सहजकर्ता नियुक्त गरेर कार्यक्रम अघि बढाउने बताइएको छ । कार्यक्रमले अपाङ्गता भएका ब्यक्ति साथै भावि पुस्तामा अपाङ्गता निर्मुल पार्ने लक्ष अनुसार सन्तान जन्माउने योजना बनाएका दम्पतिलाईनै फोलिक एसिड जस्ता स्वास्थ्यवर्धक खाद्यतत्वको प्रयोगका लागि सहयोग गर्ने जनाइएको छ । साथै नव दाम्पत्य जिवनमा बाँधिएका दुलाहा दुलहीलाई सन्तान प्राप्तीका लागि सुझाव सहितको सुभकामना कार्डको ब्यवस्था गरिने फउण्डेसनले जनाएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा, प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेल, सम्पूर्ण वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु, वडा सदस्य, विभिन्न राजनितिक दलका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको अध्यक्षतामा सम्पन्न भएको थियो । करुणा फाउण्डेसनका बरिष्ठ ब्यवस्थापक कमल कोइरालाले कार्यक्रमका बारेमा प्रस्तुतिकरण गर्नु भएको अभिमुखीकरण कार्यक्रम गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत विनोद पोखरेलले सहजिकरण गर्नुभएको थियो ।
सम्बन्धित खबर