बुधवार, असोज ३०, २०८१
Sancharmanch

बुद्धशान्ति गाउँपालिकाद्वारा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत २८ जना उद्यमी महिलाहरूलाई सिलाई मेसिन वितरण

मङ्गलवार, साउन १, २०८१
झापा/ झापाको बुद्धशान्ति गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत २८ जना उद्यमी महिलाहरूलाई सिलाई मेसिन वितरण गरेको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी बुद्धशान्ति गाउँपालिका वडा नं १ वडा नं २ साथै वडा नं ३ का विभीन्न समुहमा आबद्ध २८ जना महिलाहरूलाई सिलाई मेसिन वितरण गरेको हो । उद्योग स्थापना गर्न नसक्नेले पनि सिपलाई रोजगारसंग, रोजगारीलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडेर जिविकोपार्जन गर्न सकिने साथै आर्थिक उपार्जनका लागि सहयोग पुग्ने बताउदै गाउँपालिका अध्यक्ष मनोज प्रसाईले स्वरोजगार बन्नका लागि गाउँपालिकाले प्रदान गरेको मेसिन सदुपयोग हुनेमा बिश्वास ब्यक्त गर्नु भयो । यसअघि बाँढिएका विभिन्न प्रकारका प्रविधिको प्रयोग भइरहेको छ कि छैन भन्नेकुराको अनुगमन समेत गर्ने बताउदै गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले गाँउपालिकाले उद्यमी बन्नका लागि सिपमुलक तालिम प्रदान गरेर प्रविधि हस्तान्तरण गर्दै आएको बताउनु भयो । गाउँपालिकाले महिलाहरूका लागि सिपमुलक तालिम प्रदान गरेर सिलाई मेसिन वितरण गरेकोमा खुसि हुँदै बुद्धशान्ति २ सानु मदनपुर लघु उद्यमी समुहकी सान्ता ढकालले गायँपालिकाले सञ्चालन गरेको तालिम प्रयोगात्मक रुपमा सञ्चालन भएको बताउँदै घरमै बसेर पनि काम गर्न सकिने साथै उत्पादित सामग्रीको बजारिकरणका लागि गाउँपालिका वाट थप सहयोग पाउने आसा ब्यक्त गर्नुभयो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका योजना शाखा प्रमुख मदन कँडेल वडा नं २ का वडा अध्यक्ष डिल्लि ओलि वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ कार्यपालिका सदस्य तिला परियार,लगायतको उपस्थिति रहेको बुद्धशान्ति उद्यम विकास शाखा प्रमुख तारा अधिकारीले जानकारी दिनुभयो ।
सम्बन्धित खबर