बुधवार, असोज ३०, २०८१
Sancharmanch

२०४० सालमा एस,एल,सी पास आउट पूर्व बिद्यार्थी समूहले बुद्धआदर्श मा.वि.मा शिक्षक सम्मानसहित गर्यो स्टेज हस्तान्तरण

शनिवार, असार २९, २०८१
झापा/ बुद्धशान्ति गाउँपालिका झापाको एक मात्र नमुना बिद्यालय बुद्धआदर्श माध्यमिक विद्यालय बाट –२०४० सालमा एस,एल,सी पास आउट पूर्व बिद्यार्थी समूहले २११ औ भानु जयन्तिको अवसर पारेर एक भब्य कार्यक्रमको आयोजना गरिएको छ । सम्मान तथा पुनरमिलन कार्यक्रम मार्फत पूर्व विद्यार्थी द्वारा विद्यालय परिसरमा निर्माण गरिएको प्रतिक्षालय तथा स्टेज समेत बिद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमकै अवसर पारेर कवि राम आचार्यको अभावका सुस्केराहरू नामको पुस्तक समेत विमोचन गरिएकोछ । शनिबार विद्यालयको प्राङगणमा आयोजना गरिएको कार्यक्रममा २०४० सालमा बुद्धआदर्श मा वि बाट एस,एल,सी पासआउट बिद्यार्थिहरुको समूहले निर्माण गरेको प्रतिक्षालय तथा स्टेज विद्यालयलाई हस्तान्तरण गर्दै ९ जना शिक्षकहरूलाई दोसल्ला ओडाएर मिस्ठान परिकारकासाथमा उपहार सहित सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले आफुलाई पढाउने गुरूहरूलाई सम्मानको कार्यक्रममा सहभागीहुन पाएकोमा खुसि व्यक्त गर्दै, शिक्षण सिकाई कृयाकलाप समाज रुपान्तरणका लागि हुनु पर्नेमा जोड दिनुभयो । नमुना विद्यालयको रूपमा विकास गर्न छौनोट भएको विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न विद्यालय साथै अभिभावकले खेलेको भूमिका सकारात्मक सहेको बताउँदै बुद्धआदर्श मा वि का प्रधानाध्यापक कृष्णराज भण्डारीले बुद्धशान्तिको एक मात्र नमुना विध्यालयको छनौट हुन शिक्षक, अभिभावक, पूर्व विद्यार्थी, जनप्रतिनिधी, बिभिन्न राजनितिकदलका प्रतिनिधी, समाजसेवी लब्ध प्रतिष्ठित ब्यक्तिहरुको सदैव सकारात्मक साथ र सहयोग रहेको बताउनुभयो । आफुले पढाएका विद्यार्थिहरू माथिल्लो निकाय सम्म पुगेर काम गर्न सक्ने क्षमतावान भएकोमा खुशी व्यत गर्दै कार्यक्रममा सम्मानित गुरूहरू मध्येका शिक्षक पुरूसोत्तम सिक्देलले विद्यार्थीलाई नजिकैबाट नियाल्न पाउँदा आफु हर्षित भएको बताउनु भयो । कार्यक्रममा राम जानकि मन्दिर कार्य समितिका उपाध्यक्ष भगवती न्यौपाने, बुधबारे जेसिजका अध्यक्ष दुर्योधन देव, एन एम सि बैंकका प्रबन्धक राजु निरौला,पुर्व विद्यार्थीका तर्फ वाट चन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । २०४०“ एस एल सी पुर्व विद्यार्थी समूहका अध्यक्ष राम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्व विद्यार्थी समूहका सदस्य तोया मैनालिले स्वागत गर्नु भएको कार्यक्रम पुर्व विद्यार्थी समुहका सदस्य पुष्प काफ्लेले संचालन गर्नु भएको थियो । कार्यक्रममा आदर्श युवा कल्वका अध्यक्ष मात्रिका श्रेष्ठ, वर्खा स्मृति प्रतिष्ठानका सदस्य दिपेन्द्र संङगौला ,बुद्धशान्ति उध्योग वाणिज्य संघका अध्यक्ष दिपक सापकोटा बुधबारे इलाका प्रहरी कार्यलयका प्रमुख सुवास शेर्पा लगायको आतिथ्यता रहेको थियो ।
सम्बन्धित खबर